IME Life New
GBIME

चैत महिनासम्म निर्जीवन बीमकको व्यापार ३२ अर्ब १२ करोड, कुनले कति गरे संकलन ?

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०८१ ८२ को चैत मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले कुल ३२ अर्ब बढी बीमाशुल्क संकलन गरेका छन् । यी कम्पनीहरुले यस अवधिसम्ममा २१ लाख ३५ हजार २३३ वटा बीमा पोलिसी बिक्री गरी ३२ अर्ब १२ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।

यस अवधिसम्ममा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा ४ अर्ब ३४ करोड रुपैयाँ कुल बीमाशुलक संकलन गरेको छ । दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा ३ अर्ब ७३ करोड रुपैयाँ कुल बीमाशुलक संकलन गरेको छ । तेस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । कम्पनीले ३ अर्ब १० करोड रुपैयाँ कुल बीमाशुलक संकलन गरेको छ ।

Crest

त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ अर्ब ७८ करोड रुपैयाँ कुल बीमाशुलक संकलन गरेको छ । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले २ अर्ब ७३ करोड रुपैयाँ कुल बीमाशुलक संकलन गरेको छ । नेको इनस्योरेन्सले २ अर्ब ४७ करोड रुपैयाँ कुल बीमाशुलक संकलन गरेको छ । ओरिएन्टल इन्स्योरेन्सले २ अर्ब १५ करोड रुपैयाँ कुल बीमाशुलक संकलन गरेको छ ।

एनएलजी इन्स्योरेन्सले २ अर्ब १३ करोड रुपैयाँ कुल बीमाशुलक संकलन गरेको छ । सानिमा जिआइसी इन्स्योरेन्सले १ अर्ब ९२ करोड रुपैयाँ कुल बीमाशुलक संकलन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ८५ करोड रुपैयाँ कुल बीमाशुलक संकलन गरेको छ । नेपाल इन्स्योरेन्सले १ अर्ब ५५ करोड रुपैयाँ कुल बीमाशुलक संकलन गरेको छ ।

प्रभु इन्स्योरेन्सले १ अर्ब ३० करोड रुपैयाँ कुल बीमाशुलक संकलन गरेको छ । राष्ट्रिय बीमाा कम्पनीले १ अर्ब १३ करोड रुपैयाँ कुल बीमाशुलक संकलन गरेको छ । नेशनल इन्स्योरेन्सले ८७ करोड ९५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

40%

अचम्मित

60%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS