काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादसैँको शुभ साइत तथा तिथिहरू सार्वजनिक गरेको छ। समितिका अनुसार बडा दशैंको टीकाको उत्तम साइत ४ गते बुधबार बिहान बिहान १०:२६ बजे रहेको छ ।
यसपटक बडा दशैंको टीका थाप्ने मानिस पश्चिम फर्किनुपर्ने समितिले जनाएको छ। यसैगरी घटस्थापनाको साइत असोज २५ गते आइतबार बिहान ११:४७ बजेका लागि तय गरिएको छ । झण्डा फेर्ने साइत असोज २६ गते (बिहान १०:०७ बजे, पश्चिम मोहडा गरेर र फूलपाती तथा तुलजा भवानी यात्रा असोज ३१ गते शनिबार निर्धारण गरिएको छ । तुलजा भवानी यात्रा बिहान ०७:३७ बजे, स्थिरासन बिहान १०:३९ बजे हुनेछ ।
यसबाहेक महाअष्टमी र कालरात्रि कात्तिक १ गते आइतबार हुने छ । यसपटककात्तिक २ गते सोमबार पनि अष्टमी नै परेको छ।












