IME Life New

वायुसेवा निगमले चैतसम्म भुक्तानी गर्यो जहाजको ऋणबापत रु. ७.३९ अर्ब

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल वायुसेवा निगमले चैत मसान्तसम्मको जहाजको ऋण भुक्तानी गरेको छ।

निगमले आज एक विज्ञप्ति जारी गर्दै कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्ये दुई न्यारोबडी जहाजको चैत महिनाको किस्ताबापत पूरा र दुई वाइडबडी जहाजको आंशिक गरी जम्मा ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ जहाजको ऋण भुक्तानी गरेको जानकारी गराएको हो। निगमले चैतसम्म भने ७ अर्ब ३९ करोड ५ लाख ८ हजार ९५ रुपैयाँ किस्ता रकम भुक्तानी गरेकोसमेत विज्ञप्तिमा जनाइएको छ।

Esewa
Crest

विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकोले सो असर रहेको अवधिको ब्याजको ब्याज हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन एवं किस्ताको संख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिन समेत निगमले दुवै कोषलाई अनुरोध पत्र पठाएको छ। यस सम्बन्धमा थप छलफलसमेत भइरहेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS