IME Life New

ब्लुबुक नामसारी भयो, भएन बीमा, ३५ दिनको त्यो समयसीमाले बीमा दाबी हातबाट फुत्क्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ब्लुबुक सवारी दर्ता किताब आफ्नो नाममा नामसारी गरे पनि बीमालेख पोलिसी नामसारी नगर्दा बीमितले ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको एउटा नयाँ तथ्य सार्वजनिक भएको छ।

हिमालयन एभरेष्ट इन्स्योरेन्ससँग जोडिएको एउटा चोरी दाबी मुद्दामा नेपाल बीमा प्राधिकरणले बीमायोग्य हितको अभाव देखिएको भन्दै दाबी खारेज गरिदिएको छ। यस फैसलाले सवारीसाधन खरिदबिक्री गर्दा ब्लुबुकसँगै बीमा पनि तत्कालै नामसारी गर्नुपर्ने पाठ सिकाएको छ।

Esewa
Crest

सुनसरीका शिवबहादुर दनुवारले बा–०२–०३५–प ६५१९ नम्बरको मोटरसाइकल ऋषिका पेन्ट्स हंशराज हुलास एन्ड कम्पनी प्रालिबाट खरिद गरे। उनले २०७८ चैत २९ गते नै यातायात कार्यालयबाट आफ्नो नाममा ब्लुबुक नामसारी गराए। तर, उनले उक्त मोटरसाइकलको बीमा भने साविककै धनी ऋषिका पेन्ट्सको नाममा रहेको हिमालयन एभरेष्ट इन्स्योरेन्सको पोलिसीमा नामसारी गराउन भुले।

बीमालेखको अवधि २०७९ फागुन २८ सम्म कायम थियो। विडम्बना २०७९ मंसिर १९ गते उक्त मोटरसाइकल चोरी भयो। शिवबहादुरले दाबीका लागि कम्पनीमा निवेदन दिए तर कम्पनीले बीमालेख नामसारी नभएको भन्दै भुक्तानी दिन अस्वीकार गर्यो।

फैसलाको आधार र निर्णय

नेपाल बीमा प्राधिकरणले यस मुद्दामा मोटर बीमादरसम्बन्धी निर्देशिका, २०७३ लाई मुख्य आधार मानेको छ। निर्देशिकाको परिच्छेद ६ को बुँदा १३ अनुसार सवारीसाधनको स्वामित्व परिवर्तन भएको ३५ दिनभित्र नयाँ धनीले बीमालेख आफ्नो नाममा नामसारी नगरेमा वा नयाँ बीमा नगरेमा पुरानो बीमालेख स्वतः निष्क्रिय हुन्छ।

शिवबहादुरको नाममा ब्लुबुक २०७८ चैत २९ मा आएको थियो तर चोरी २०७९ मंसिर १९ मा भयो। स्वामित्व हस्तान्तरण भएको करिब ८ महिना बितिसक्दा पनि उनले बीमा नामसारी नगरेको देखियो।

बीमा एउटा करार भएको र बीमितले ३५ दिनको म्याद नघाएकोले बीमा कम्पनीको दायित्व समाप्त भएको ठहर गर्दै प्राधिकरणले २०८१ असोज २२ गते दाबी उजुरी खारेज गरिदियो।

यस फैसलाको मुख्य चुरो बीमायोग्य हितको सिद्धान्त हो। बीमा गरिएको वस्तु (सवारी, घर वा सम्पत्ति) सँग बीमितको यस्तो कानुनी र आर्थिक सम्बन्ध हुनुपर्छ। जसको सुरक्षित अस्तित्वले बीमितलाई फाइदा होस् र त्यसको विनाश वा नोक्सानीले बीमितलाई प्रत्यक्ष आर्थिक चोट परोस्।

यसलाई उदाहरणबाट बुझौँ

बीमायोग्य हितः स्वामित्वको आधार यदि तपाइँले आफ्नो कारको बीमा गर्नुभएको छ भने तपाइँको त्यसमा बीमायोग्य हित छ। किनकि कार चोरी भएमा तपाइँलाई आर्थिक घाटा हुन्छ। तर, तपाइँले छिमेकीको कारको बीमा गरेर त्यसको दाबी लिन पाउनुहुन्न। किनकि छिमेकीको कार चोरी हुँदा तपाइँलाई आर्थिक नोक्सानी हुँदैन।

नामसारीको सन्दर्भः शिवबहादुरको केसमा उनले मोटरसाइकल त किने आर्थिक सम्बन्ध स्थापित भयो तर बीमा कम्पनीसँगको करार पोलिसीमा उनी बीमितका रुपमा दर्ता भएनन्। पुरानो पोलिसी ऋषिका पेन्ट्सको नाममा थियो। ३५ दिन कटेपछि ऋषिका पेन्ट्सको उक्त मोटरसाइकलमा स्वामित्व हित सकियो । तर, शिवबहादुरको नाममा कानुनी रुपमा बीमा सरेन। फलस्वरुप चोरी हुँदा कानुनी रुपमा बीमा दाबी गर्ने हक कसैसँग पनि रहेन।

बीमा गर्नेहरुका लागि महत्वपूर्ण टिप्स

सवारी साधन सेकेन्ड ह्याण्ड खरिद गर्दै हुनुहुन्छ भने ब्लुबुक नामसारी भएकै दिन बीमा कम्पनीमा गएर पोलिसी पनि नामसारी गर्नुहोस्। ३५ दिनको म्याद छ भन्दै ढुक्क नबस्नुहोस् किनकि बीमालेख निष्क्रिय भएपछि हुने कुनै पनि दुर्घटना वा चोरीको क्षतिपूर्ति पाइँदैन।

बीमा कम्पनीले प्रिमियम लिँदैमा वा पोलिसीको अवधि बाँकी हुँदैमा दाबी पाइन्छ भन्ने हुँदैन। कानुनी रुपमा बीमितको नाम र ब्लुबुकुको नाम मिल्नु अनिवार्य हुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS