काठमाडौं । थाइल्यान्डको बीमा नियामक बीमा आयोगको कार्यालय (ओआईसी)ले बीमासँग सम्बन्धित ठगी रोक्न तथा दबाउन दिशानिर्देश विकास गर्ने कार्यमा मद्दत गर्न गुगललाई आग्रह गरेको छ। यी ठगी ओआईसीद्वारा सुपरिवेक्षण नगरिएका अपरेटरहरुबाट नक्कली आवेदन वा प्रस्तावका रुपमा हुन्छन्।
ओआईसीका अधिकारीहरुले यस वर्ष फेब्रुअरीमा बैंककमा गुगलका प्रतिनिधिसँग भेटेर जनतालाई ठगी गर्ने उद्देश्य राख्नेहरुले प्रस्ताव गर्ने बीमा उत्पादनहरुबाट जनतामा पर्ने जोखिम र प्रतिकूल प्रभावलाई रोक्न समन्वय र सहकार्य गर्ने तरिकाबारे छलफल गरेका थिए।
ओआईसीका कानुनी र लेखापरीक्षणका लागि उपमहासचिव आदिसोर्न पिपटवारापोङका अनुसार ओआईसी यी अपराधलाई रोक्न र दबाउन आवश्यक कारबाही गर्न र प्रभावकारी दिशानिर्देशहरु सुनिश्चित गर्न तयार छ। –एजेन्सी












