IME Life New

थाइल्यान्डमा बढ्यो मोटर बीमा कभरेजको सीमा, अब दुर्घटना पीडितलाई रु. ८.७ करोडसम्म क्षतिपूर्ति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । थाइल्यान्डको बीमा नियामक बीमा आयोगको कार्यालय (ओआईसी)ले अनिवार्य र स्वेच्छिक मोटर बीमाका लागि कभरेज सीमामा उल्लेखनीय बढाएको छ।

नयाँ नियमहरुअनुसार अब प्रतिदुर्घटना २ करोड भाट (लगभग ८ करोड ७० लाख रुपैयाँ)सम्मको क्षतिपूर्ति भुक्तानी गरिनेछ। यद्यपि यो कदम ठूला सडक दुर्घटनाका पीडितको उचित सुरक्षा सुनिश्चित गर्न हो। प्रिमियममा भने कुनै वृद्धि हुने छैन।

Esewa
Crest

ओआईसी रजिस्ट्रारको आदेश नम्बर ५१÷२५६८ अनुसार अनिवार्य मोटर बीमा ऐनले अब सबै प्रकारका सवारीसाधनका लागि प्रतिदुर्घटना २ करोड भाटको कभरेज सीमा तोकेको छ।

यो तुरुन्तै लागू हुनेछ। अर्थात् मौजुदा पोलिसी र नयाँ सम्झौता दुवैमा लागू हुनेछ। यद्यपि बीमा कम्पनीहरुले सन् २०२६ जनवरी १ देखि नयाँ फोलिसी फारम र सर्तहरु अद्यावधिक गर्नुपर्नेछ।

यसका साथै तेस्रो पक्ष दायित्व श्रेणीमा स्वेच्छिक मोटर बीमाका लागि मृत्यु वा स्थायी कुल अशक्तता क्षतिपूर्ति सीमा न्यूनतम २ करोड भाटमा तय गरिएको छ। यो सन् २०२६ जनवरी १ देखि जारी गरिएका नयाँ पोलिसीहरुमा लागू हुनेछ। यही नियम विद्युतीय सवारीसाधन बीमामा पनि लागू हुनेछ।

सन् २०२० को सुरुमा ओआईसीले अनिवार्य मोटर बीमाको क्षतिपूर्ति सीमा प्रतिव्यक्ति ३ लाख भाटबाट बढाएर ५ लाख भाटबाट पुर्याएको थियो। यद्यपि, प्रतिदुर्घटना अधिकतम सीमा ७ सिटभन्दा कम भएका कारका लागि ५० लाख भाट र ७ भन्दा बढी सिट भएका कारका लागि १ करोड भाट थियो।

अर्कोतर्फ स्वेच्छिक मोटर बीमाका लागि धेरैजसो पोलिसीको कभरेज सीमा अधिकतम १ करोड भाट थियो। फलस्वरुप ठूला दुर्घटनामा धेरै पीडितलाई पर्याप्त क्षतिपूर्ति प्रदान गर्न सम्भव थिएन।

ओआईसीका सहायक महासचिव पैबुन पियाम्मेट्टाले नयाँ आदेश वास्तविकतासँग मेल खाने र दुर्घटना पीडितका लागि उचित सुरक्षा सुनिश्चित गर्ने बताए। ‘सबैभन्दा महत्वपूर्ण कुरा प्रिमियम नबढाई कभरेज सीमा बढाइएको छ’, उनले भने।

विज्ञहरुका अनुसार यो कदमले थाइल्यान्डको सडक सुरक्षा र उपभोक्ता संरक्षण प्रणालीलाई बलियो बनाउनेछ। एकातिर ठूला दुर्घटनामा पीडितले पर्याप्त क्षतिपूर्ति पाउनेछन् भने अर्कोतर्फ पोलिसीधारकहरुले कुनै अतिरिक्त आर्थिक दबाबको सामना गर्नुपर्ने छैन। फलस्वरुप यो बीमा क्षेत्र र समाज दुवैका लागि सकारात्मक र आवश्यक सुधार मानिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS