IME Life New

टेस्ला कारहरुमा लगातार आक्रमण, कार मालिकहरुको व्यक्तिगत विवरण पनि लिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एकातिर अर्बपति व्यापारी एलन मस्क सुनिता विलियम्स र अन्य अन्तरिक्ष यात्रीको सुरक्षित फिर्तीको प्रशंसा गरिरहेका छन्। अर्कोतिर मस्कका टेस्ला कारहरु पनि लगातार आक्रमण भएको छ। अमेरिकामा थुप्रै टेस्ला कारमा आगजनी गरिएको भने कार मालिकहरुको व्यक्तिगत विवरण पनि लिक भइरहेको छ।

लस भेगासमा मंगलबार टेस्लाका धेरै कारमा आगजनी गरिएको छ। तर, यी घटनामा कोही पनि घाइते भएका छैनन्। यस घटनाको अनुसन्धान गरिरहेको एफबीआईले यी घटनालाई सम्भावित आतंकवादी आक्रमणको संज्ञा दिएको छ। एक अधिकारीले यसलाई टेस्लामाथि लक्षित आक्रमण भनेका छन्।

Esewa
Crest

रिपोर्टहरु अनुसार दुई टेस्ला साइबरट्रक कन्सास सहरमा आगजनी गरिएको छ। दक्षिण क्यारोलिनाको टेस्ला चार्जिङ स्टेसनमा आगजनी गर्ने प्रयास भएको छ।

टेस्लाका सीईओ मस्कले सवारीसाधनमा आगो लगाइएको भिडियोलाई सामाजिक सञ्जालमा शेअर गर्दै आतंकवादी घटना भनेका छन्। मस्कले यस प्रकारको हिंसा पागलपन र पूर्णतया गलत भएको बताए। ‘टेस्लाले विद्युतीय कारमात्र बनाउँछ र त्यस्ता आक्रमण हामीमाथि हुनु हुँदैन’, मस्कले भनेका छन्।

यसैबीच ह्याकरहरुले ‘डोजक्वेस्ट’ नामक वेबसाइट बनाएर हजारौँ टेस्ला कार मालिकको व्यक्तिगत विवरण लिक गरेका छन्। यस वेबसाइटमा कार मालिकहरुको नाम, ठेगाना र फोन नम्बर सार्वजनिक गरिएको छ। वेबसाइटमा एउटा इन्टरेक्टिभ म्याप पनि छ। जसले टेस्ला डिलरशिप र चार्जिङ स्टेसनको स्थानहरु उजागर गर्दछ। यस डाटा लिकले टेस्ला कार मालिकहरुको सुरक्षामा गम्भीर खतरा निम्त्याउने सम्भावना छ।

ह्याकरहरुले टेस्ला कार मालिकहरुले आफ्नो इलेक्ट्रिक कार बेचेको प्रमाणित भएपछि मात्रै व्यक्तिगत विवरण हटाउने सर्त राखेको बताइएको छ। – एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS