IME Life New

बिनाचालक कारखानाबाट सीधै ग्राहकको घरमा डेलिभरी हुन थाल्यो टेस्ला कार (भिडियोसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वकै धनीव्यक्तिको नेतृत्व गरिरहेको अमेरिकी इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्ला पछिल्लो समय लगातार चर्चामा रहेको छ।

केही दिनअघि कम्पनीले टेक्सासमा आफ्नो बहुप्रतीक्षित रोबोट्याक्सी लन्च गरेको थियो। अब कम्पनीले पहिलो अटोनोमस कार रोबोट्याक्सी प्रविधिको प्रयोग गरेर बिनाचालक ग्राहकको घर–घरमा डेलिभरी गर्न थालेको दाबी गरेको छ।

Esewa
Crest

टेस्लाको आधिकारिक ‘एक्स’ ह्यान्डलमा ग्राहकको घरमा बिनाचालक रोबोट्याक्सी डेलिभरी गरिएको भिडियो शेयर गरिएको छ। जसमा कसरी चालकविहीन कारको डेलिभरी गरिन्छ भनेर देखाइएको छ।

कम्पनीका अनुसार अस्टिनस्थित आफ्नो गिगाफ्याक्ट्रीबाट मोडल वाई इलेक्ट्रिक कार डेलिभरी टेक्सासस्थित एक ग्राहकको घरमा गरिएको छ। कम्पनीको दाबी छ कि यो डेलिभरी प्रक्रिया पूरा गर्न केवल ३० मिनेट लागेको थियो। यस क्रममा बिनाचालक कार आफैँ ग्राहकको घरमा पुगेको थियो।

गत साता रोबोट्याक्सी सर्भिस लन्च गरिएको थियो। जुन एउटा अटोनोमस कार राइडिङ सर्भिस हो। जसमा कार चलाउनमा कुनै चालकको आवश्यकता पर्दैन।

अहिले टेस्लाले प्रविधिलाई नेक्स्ट लेभल लगिरहेको छ। अर्थात् कारको डेलिभरी गर्दा पनि कुनै मानिसको आवश्यक पर्दैन।

यद्यपि, लन्चका साथ बिनाचालक दौडने रोबोट्याक्सी सर्भिस नेसनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेसनको जाँचको दायरमा आएको थियो। जसमा यो रोबोट्याक्सीले पहिलो दिन नै ट्राफिक नियम उल्लंघन गरिएको पाइएको थियो।

टेस्लाको नयाँ प्रविधिमा प्रश्नहरु उठिरहेका छन्। तथापि कम्पनीले बिनाचालकको आफ्नो कारको डेलिभरी सफलतापूर्वक सम्पन्न गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS