IME Life New

मध्यपूर्वमा तनाव झनै गहिरिंदै, इरानको परमाणु केन्द्रमा अमेरिकी सेनाको आक्रमण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकाले इरानका तीनवटा परमाणु केन्द्रमा आक्रमण गरेको छ ।  बिबिसी वर्ल्ड न्यूजका अनुसार, अमेरिकी सैन्य विमानले फोर्दो, नतान्ज र एस्फाहान परमाणु केन्द्रमा आक्रमण गरेको जानकारी राष्ट्रपति डोनाल्ड ट्रम्प सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेका छन् ।

उनले आक्रमणपछि सुरक्षितरूपमा अमेरिकी विमान इरानको हवाई क्षेत्रबाट बाहिरिएकोमा अमेरिकी सैनिकलाइ बधाइ समेत दिएका छन् ।

Esewa
Crest

इरानी सैन्य अधिकारीले पनि तीनवटा परमाणु केन्द्रमा आक्रमण भएको पुष्टी गरेको बिबिसीले जनाएको छ।

ट्रम्पले भनेका छन्, ‘सवै विमान सुरक्षित तरिकाले आफ्नो घरतिर फर्किरहेका छन् । हाम्रा महान अमेरिकी योद्धाहरुलाई बधाई । विश्वमा यस्तो गर्न सक्ने सेना अरु कसैसँग छैन ।’

उनले अब शान्ति प्रकृया शुरू भएको दाबी समेत गरेका छन् ।

एक अमेरिकी अधिकारीले रोयटर्सलाई बताए अनुसार इरानको आणविक स्थलहरूमा गरिएको आक्रमणमा बी-२ वमवर्षक विमानहरू संलग्न थिए। यो पछिल्लो बम विस्फोटमा कुनै इजरायली सेना संलग्न थियो कि थिएन भन्ने कुरा अझै स्पष्ट छैन।

इजरायल र इरानबीच युद्ध चलिरहेका बेला अमेरिका पनि इरानविरुद्धको आक्रमणमा उत्रिएको हो । इजरायलले इरानविरुद्ध १३ जुनदेखि आक्रमण शुरू गरेको थियो । इजरायलले १० इरानी परमाणु वैज्ञानिक, सेनाका तीन कमाण्डर र ४ जवान मारिएको दाबी गरेको छ ।

अमेरिका स्थित ह्युमन राइट्स एक्टिविस्ट न्युज एजेन्सीका अनुसार १३ जुनदेखि २१ जुनसम्म इरानमा ६५७ जनाको मृत्यु भइसकेको र २ हजार भन्दा बढी घाइते भएका छन् । इरानको स्वास्थ्य मन्त्रालयले भने ४३० जना नागरिक मारिएको ३ हजार ५०० बढी घाइते भएको पुष्टि गरेको छ । यसैगरी इरानले गरेको आक्रमणबाट इजरायलमा २४ जना मात्र मारिएको दाबी गरिएको छ ।

इरानले अाफ्नो सरहदभित्र अमेरिकी सैन्य आक्रमण भएमा मध्यपूर्वमा रहेका अमेरिकी अड्डाहरूमा आक्रमण गर्ने धम्की दिँदै आएको छ।

यस क्षेत्रमा अमेरिकाले करिब ४० हजार सेना तैनाथ गरेको छ। इरान मात्र होइन, यस क्षेत्रमा यसको प्रतिनिधि समूह, यमनका हुथी विद्रोहीहरूले लाल सागरमा पर्ने स्वेज नहर हुँदै जाने अमेरिकी जहाजहरूलाई प्रहार गर्ने चेतावनी दिएका छन्।

राष्ट्रपति ट्रम्पले इरानलाई “यो युद्ध अन्त्य गर्न” आह्वान गरे पनि, यो युद्ध भर्खरै शुरू भएको हुन सक्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS