IME Life New

हार्वर्डमा अन्तर्राष्ट्रिय विद्यार्थीलाई प्रवेश नदिने ट्रम्प प्रशासनको निर्णयमाथि अस्थायी प्रतिबन्ध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकाका एक संघीय न्यायाधीश एलिसन बुरोले हार्वर्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थीलाई प्रवेश नदिने ट्रम्प प्रशासनको निर्णयमाथि अस्थायी रुपमा प्रतिबन्ध लगाएका छन्।

म्यासाचुसेट्सका न्यायाधीश एलिसन बुरोले यदि यो प्रतिबन्ध लागू गरियो भने अमेरिकाको सबैभन्दा पुरानो विश्वविद्यालयले तत्काल र ठूलो क्षति व्यहोर्नुपर्ने भन्दै ट्रम्प प्रशासनको उक्त निर्णयमाथि अस्थायी रुपमा प्रतिबन्ध लगाएका हुन्। यो निर्णय हार्वर्डले बिहीबार अदालतमा दायर गरेको मुद्दामा आएको हो।

Esewa
Crest

हार्वर्डले ट्रम्प प्रशासनले जानाजानी विश्वविद्यालयलाई लक्षित गरिरहेको र अभिव्यक्ति स्वतन्त्रतालाई दबाउन खोजिरहेको आरोप लगाएको थियो।

राष्ट्रपति डोनाल्ड ट्रम्पले भने यो प्रतिबन्ध देशको सुरक्षाका लागि आवश्यक रहेको बताएका छन्। उनले हार्वर्डलाई आफ्नो क्याम्पसमा यहुदीविरोधी गतिविधि रोक्न पर्याप्त काम नगरेको पनि आरोप लगाएका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS