काठमाडौं । नेपालमा गर्मी बढ्दै जाँदा घरदेखि कार्यालय र व्यावसायिक स्पेससम्म सहज तथा सन्तुलित चिसोपनको आवश्यकता अझ महत्त्वपूर्ण बन्दै गएको छ। यही आवश्यकतालाई ध्यानमा राख्दै सीजी इलेकट्रोनिक्सले टीसीएल ब्रान्डका उन्नत सिलिङ क्यासेट स्प्लिट एयर कन्डिसनर बजारमा प्रस्तुत गरेको छ। यसले गर्मीका दिनहरूमा आरामदायी र सन्तुलित वातावरण सिर्जना गर्न प्रभावकारी सहयोग पुर्याउँछ।
छतमा फिट हुने यसको स्मार्ट डिजाइन र ८-वे एयर आउटलेट प्रणालीले कोठाको चारैतिर समान रूपमा हावा वितरण गर्छ। इनभर्टर प्रविधि, अल्ट्रा-लो नोइज डिजाइन र हेल्दी फिल्टर जस्ता सुविधाले ऊर्जा बचत, शान्त सञ्चालन र स्वच्छ हावा सुनिश्चित गर्दछन्। साथै बिल्ट-इन वाटर पम्प, एलईडी डिस्प्ले, रिमोट कन्ट्रोल, टाइमर र पावर-डाउन मेमोरी जस्ता स्मार्ट फिचरहरूले दैनिक प्रयोगलाई अझ सहज र सुविधाजनक बनाउँछन्।
यी एसी १ टन, १.५ टन, २ टन, ३ टन र ४ टन क्षमतामा उपलब्ध छन्। यसले कार्यालय, होटेल, बैङ्क, रेस्टुरेन्ट तथा ठूला स्पेसहरूका लागि उपयुक्त र प्रभावकारी समाधान प्रदान गर्दछ।
नेपालमा TCL ब्रान्डका Ceiling Cassette Split Type तथा Wall Mount Split Type हरू कूलिङका लोकप्रिय विकल्पका रूपमा प्रयोग हुँदै आएका छन्। साथै Washing Machine, Water Dispenser, Refrigerator र TV & Audio System जस्ता TCL ब्रान्डका होम अप्लायन्सहरू पनि दैनिक जीवनको अभिन्न हिस्सा बन्दै गएका छन्।
CG Electronics नेपालमा TCL ब्रान्डको आधिकारिक वितरक तथा निर्माता कम्पनीका रूपमा परिचित छ। कम्पनीले गुणस्तरीय उत्पादन र भरपर्दो सेवामार्फत नेपाली ग्राहकहरूको जीवनशैलीलाई अझ सहज र स्मार्ट बनाउँदै आएको छ।












