IME Life New

टिसिएलले सार्वजनिक गर्यो उच्चगुणस्तरको टिभी, उन्नत प्रविधि र सहज मनोरञ्जनको संगम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वव्यापी रूपमा प्रतिष्ठित इलेक्ट्रोनिक्स निर्माता टिसिएलले अत्याधुनिक S5K QLED Google TV  को शृङ्खला नेपालको लागि सार्वजनिक गरेको छ। ३२ इन्च र ४३ इन्च आकारमा उपलब्ध यो टिभीले QLED प्रविधिको ज्वलन्त दृश्यानुभूति, HVA प्यानलको गहिरो कन्ट्रास्ट, डल्बी अडियोको समृद्ध ध्वनि, र गुगल टिभीको बुद्धिमान सुविधालाई एउटै ठाउँमा समेटेको छ । जसले आधुनिक नेपाली परिवार र युवाहरूको मनोरञ्जन आवश्यकतालाई पूरा गर्नेछ।

युवा, परिवार, र गेमरहरूको लागि अनुकूल
टिसिएल S5K QLED Google TV ले विशेष गरी प्रिमियम मनोरञ्जनको खोजी गर्ने युवा पुस्ता, डिजिटल सामग्री र चलचित्र मनपर्ने परिवार, र स्मूद गेमिङ अनुभव चाहने गेमरहरूलाई लक्षित गरेको छ। यसको उन्नत विशेषताहरूले हरेक प्रयोगकर्ताको लागि व्यक्तिगत र अनुकूलित अनुभव सिर्जना गर्दछ।

Esewa
Crest

प्रमुख विशेषताहरू
QLED र HVA प्यानलको उत्कृष्ट मेलस् Quantum Dot प्रविधिले प्राकृतिक र जीवन्त रंग, भएको HVA प्यानलले ३x बढी कन्ट्रास्ट र  १७८ भन्दा बढीको व्यापक दृश्यकोण प्रदान गर्दछ। HDR10 र HLG सपोर्टले प्रत्येक दृश्यलाई यथार्थवादी बनाउँछ।

डल्बी अडियोको समृद्ध ध्वनिस् २.० च्यानल स्पिकर सिस्टमले थिएटर स्तरको ध्वनि अनुभूति दिन्छ।

गुगल टिभीको बुद्धिमान अनुभवः गुगल सहयोगी मार्फत भ्वाइस नियन्त्रण, हजारौं एप्सको पहुँच, र द्रुत गेमिङ अनुभवका लागि गेम मोड सुविधा उपलब्ध छ।

स्टाइलिश मेटालिक डिजाइनः बेजललेस र मेटालिक फिनिस्ड डिजाइनले कुनै पनि आधुनिक रहनसहनमा सहजै मिल्छ।

पूर्ण कनेक्टिभिटीस् वाइफाइ ४ (२.४G + ५G),  ब्लुटुथ ५.०, दुईवटा HDMI पोर्ट, र USB २.० ले सबै उपकरणहरू जडान गर्न सहज बनाउँछ।

द्रुत प्रदर्शनस् CA55x4 @1.1GHz प्रोसेसर, 1GB RAM र 8GB इन्टरनल स्टोरेजले सहज मल्टीटास्किङ सुनिश्चित गर्दछ।

टिसिएल एक अग्रणी विश्वव्यापी इलेक्ट्रोनिक्स ब्रान्ड हो जसले नवीनतम प्रविधि, गुणस्तर, र मूल्यलाई संयोजन गर्दै उच्चस्तरीय उपभोक्ता उत्पादनहरू डिजाइन र निर्माण गर्दछ। विश्वभर करोडौं ग्राहकहरूको विश्वास जितेको यो ब्रान्ड लगातार मनोरञ्जन र दैनिक जीवनमा नवीनता ल्याइरहेको छ।

नेपालमा यस उत्पादनको अधिकृत वितरक CG Electronics हो, जसले देशभर आफ्नो विस्तृत र विश्वसनीय वितरण नेटवर्क मार्फत टिसिएलको उत्पादनहरू पुर्याउने जिम्मेवारी बहन गरेको छ। गुणस्तर र ग्राहक सेवामा केन्द्रित CG Electronics ले नेपाली बजारलाई विश्वस्तरीय प्रविधि र उत्पादनसँग जोड्ने महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS