IME Life New

हुलदंगा प्रभावित उद्योगी-व्यवसायीलाई कर सहुलियत र छुट, बीमा नभएकालाई सर्जमिन मुचुल्का आवश्यक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा भएको हुलदंगाबाट प्रभावित उद्योगी-व्यवसायीलाई कर सहुलियत, सुविधा र छुट दिने भएको छ।

आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै हुलदंगाबाट प्रभावित उद्योगी-व्यवसायीलाई करमा सुविधा दिइएको जानकारी गराएको हो। यसका लागि मन्त्रिपरिषद्को निर्णय एवं नेपाल राजपत्रमा असोज १० गते प्रकाशित सूचनाबमोजिम यो सुविधा दिन लागिएको हो।

Esewa
Crest

सरकारले कुनै व्यक्तिले आर्थिक वर्ष २०८२।८३ मा नेपाल सरकारले स्थापना गरेको राष्ट्रिय पुनर्निर्माण कोषमा योगदान गरेको रकम उक्त वर्षको करयोग्य आय गणना गर्दा घटाउन पाउने गरी खर्च कट्टी गर्न दिने निर्णय गरेको छ।

त्यस्तै जेनजी आन्दोलनका क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रभावित उद्योग, व्यापार तथा व्यावसायिक प्रतिष्ठानको नोक्सान भएको व्यापार मौज्दातको बीमा नभएको हकमा सर्जमिन मुचुल्कासहितको मूल्यांकनका आधारमा सम्बन्धित करदाता स्वयंले सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा जानकारी गराई आयकर ऐन, २०५८ बमोजिमको व्यापार मौज्दात लागत खर्च कट्टा तथा मूल्य अभिवृद्धि कर ऐन, २०५२ बमोजिम करकट्टी लिन सक्ने सुविधा सरकराले उपलब्ध गराएको छ।

यी सुविधा उपभोग गर्न विभागले सबै करदाता तथा सरोकारवाललाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS