IME Life New

एयर इण्डिया विमान दुर्घटनाको मृतकका परिवारलाई टाटा समूहले भारू १ करोड क्षतिपूर्ती दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको अहमदाबाद नजिकै बिहीबार दिउँसो भएको एयर इन्डियाको विमान दुर्घटनामा मृत्यु भएकाहरूको परिवारलाई टाटा समूहले प्रतिव्यक्ति १ करोड भारू क्षतिपूर्ति दिने घोषणा गरेको छ।

इकोनोमिक टाइम्स र बीबीसीका अनुसार कम्पनीका अध्यक्ष एन चन्द्रशेखरनले बिहीबार साँझ यस्तो घोषणा गरेका हुन्।

Esewa
Crest

एयर इन्डिया टाटा समूहको स्वामित्वमा रहेको कम्पनी हो। टाटा समूहले दुर्घटनामा घाइते भएकाहरूको सबै उपचार खर्च टाटा समूहले बेहोर्ने बताएको छ। दुर्घटनामा क्षतिग्रस्त बीजे मेडिकल कलेजको होस्टेल पुनर्निर्माणमा पनि सहयोग गर्ने जनाएको छ।

दुःखको यस घडीमा कुनै शब्द पर्याप्त छैन। हामी मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौं र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं, चन्द्रशेखरनले सामाजिक सञ्जाल एक्समा प्रकाशित एक विज्ञप्तिमार्फत भने।

अहमदाबादमा २४२ यात्रु सवार एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनाग्रस्त हुँदा एकजना यात्रीको जीवितै उद्धार गरिएको छ। दुर्घटनास्थलबाट २१० जनाको शव बरामद गरिएको छ।

बोइङ ड्रीमलाइनर विमान बेलायतको ग्याटविक विमानस्थल जाँदै थियो। उडान भरेको ३० सेकेण्ड पछि नै यो विमान नजिकैको एक छात्रवासको भवनमा ठोक्किएको एयर इन्डियाले जनाएको छ। एयर इन्डियाले दुर्घटनाको बारेमा विस्तृत जानकारी सङ्कलन गरिरहेको र आफ्नो वेबसाइट र सामाजिक सञ्जालमा नियमित अपडेटहरू प्रकाशित गर्ने बताएको छ।

टाटा समूहले घोषणा गरेको क्षतिपूर्ती अन्तरिम क्षतिपूर्ती हो। विमान दुर्घटनाको विषयमा अनुसन्धान, क्षतिपूर्ती निर्धारण सम्बन्धमा प्रकृया, कानूनी प्रावधान लगायतका कारण बीमा कम्पनीबाट क्षतिपूर्ती प्राप्त गर्न २ देखि ३ वर्षसम्मको समय लाग्न सक्ने भएकाले टाटा समूहले अन्तरिम क्षतिपूर्तीको घोषणा गरेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%
happy

खुसी

40%
sad

दु :खी

20%
amazed

अचम्मित

20%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS