IME Life New

नेपालको विपद् व्यवस्थापनमा सहकार्य गर्न एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीसँग छलफल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । थाइल्याण्डको बैंककस्थित एशियन इन्स्टिच्यूट अफ टेक्नोलोजि(एआइटी) र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबीच नेपालको विपद् व्यवस्थापनमा सहकार्य गर्ने विषयमा छलफल भएको छ ।

प्राधिकरणका कार्यकारी प्रमुख, दिनेश भट्ट र एआइटीको स्कुल अफ इन्जिनियरिङ्ग एण्ड टेक्नोलोजिका डिन प्रोफेसर संगम श्रेष्ठबीच बुधबार सम्पन्न बैठकमा नेपालको हिमबाढी, पहिरो, बाढीलगायतका विपद्को अध्ययन गर्न सहकार्य गर्ने विषयमा छलफल भएको हो ।

Esewa
Crest

उनीहरुबीच एआइ मोडुल विकास गरी भूकम्पले क्षति पुगेका घर तथा भवनहरुको विस्तृत क्षति अध्यय गर्नेबारे पनि छलफल भएको छ।  एआइटी विश्वविद्यालयका विद्यार्थीहरुलाई प्राधिकरणमा इन्टर्नसीप गराउन सहजीकरण गर्ने विषयमा पनि छलफल भएको थियो। यसका लागि प्राधिकरण र विश्वविद्यालयले सम्झौता गरेर सहकार्यलाई अघि बढाउने सहमति बनेको प्राध्यापक श्रेष्ठले जानकारी दिए।

छलफल पश्चात कार्यकारी प्रमुख भट्टले उक्त विश्वविद्यालयको वाटर इन्जिनियरिङ्ग एण्ड मेनेजमेन्ट (डब्लुइएम) मा रहेको हाइड्रोलिक्स ल्याब र एआइ एण्ड सिमुलेसन ल्याबको पनि अवलोकन गरेका छन्।

भ्रमणका क्रममा सिमापार सूचना आदान प्रदानमा कृत्रिम बुद्धिमता(आर्टिफिसियल इन्टेलिजेन्स) को प्रयोग र विपद्को अध्ययन अनुसन्धानमा ड्रोन प्रयोगको संभाव्यताबारे पनि छलफल भएको थियो।

एशियन डिजास्टर प्रिपेयर्डनेश सेन्टरको बैठकमा सहभागी हुन बैंकक पुगेका कार्यकारी प्रमुख भट्टले एशियन इन्स्टिच्यूट अफ टेक्नोलोजीको पनि भ्रमण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS