IME Life New

विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षणमा सिन्डिकेट खारेज, अब सरकारी अस्पतालबाटै सेवा पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एकल सरकारले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा सिन्डिकेट खारेज गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै अबदेखि वैदेशिक रोजगारीमा जाने श्रमिकले नेपाल सरकारबाट स्वीकृत वा सरकारी स्वामित्वका स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गराउन पाउने व्यवस्था गरिएको जानकारी गराएको हो। योसँगै केही समीति स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गर्नुपर्ने सिन्डिकेटको अन्त्य भएको छ।

Esewa
Crest

वैदेशिक रोजगार ऐन, २०६४ को दफा ७२ को उपदफा (१) मा वैदेशिक रोजगारका लागि जाने कामदारले विदेश जानुअघि नेपाल सरकारबाट स्वीकृति प्राप्त स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गराउनुपर्ने व्यवस्था छ। वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ४५क. को उपनियम (९) मा नेपाल सरकारले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण नेपाल सरकारको स्वामित्वमा रहेका स्वास्थ्य संस्थाबाट गराउन यस नियममा भएको व्यवस्थाले बाधा पुगेको मानिने छैन भन्ने उल्लेख छ।

विगत लामो समय देखि वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि सीमित स्वास्थ्य संस्थामार्फत स्वास्थ्य परीक्षण हुँदै आएको थियो। तर, रास्वपा सरकारले यो सिन्डिकेट अन्त्य गर्दै श्रमिकको स्वास्थ्य परीक्षणका लागि थप सरकारी तथा स्वीकृत अस्पताललाई अनुमति दिने प्रक्रिया अघि बढाएको हो। मन्त्रालयका अनुसार अब इच्छुक स्वास्थ्य संस्थाले आवश्यक मापदण्ड पूरा गरी सूचीकृत हुन सक्नेछन्। स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधिअनुसार नयाँ स्वास्थ्य संस्थालाई पनि प्रक्रिया पूरा गरेर सूचीकृत गरिनेछ।

स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७२ को दफा ३ को व्यवस्थाबमोजिम यस सूचीकरणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS