IME Life New

एसवाई प्यानल नेपालले भदौ २९ गतेबाट आइपीओ ल्याउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एसवाई प्यानल नेपालले यही भदौ २९ गतेबाट आइपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गर्ने भएको हो।

नेपाल धितोपत्र बोर्डले एसवाई प्यानल नेपाललाई जारी पुँजी १ अर्ब ३० करोड ८१ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत अर्थात ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल ५२ लाख ३२ हजार ५४८ कित्ता आइपीओ ल्याउन अनुमति दिएको छ। जसअनुसार जारी पुँजीको २ प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल २ लाख ६१ हजार ६२७ कित्ता शेयर उद्योग प्रभावितका बासिन्दा –चितवनको रत्ननगर नगरपालिका सबै वडा)का लागि बिक्री खुला गरिनेछ।

Esewa
Crest

यसैगरी कम्पनीले सार्वजनिक निष्कासन गरिने शेयरको १० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल ४ लाख ९७ हजार ९२ कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीलाई जारी गर्नेछ। दुवै समूहले यो आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

यो आइपीओमा उद्योग प्रभावित क्षेत्रका बासिन्दाले रत्ननगर–१४ स्थित कम्पनीको कार्यालयसँगै धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको काठमाडौंस्थित कार्यालय र क्यापिटलले निर्माण गरेको अनलाइनबाट तथा प्रभु बैंकको सौराहा र टाँडी शाखाबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारमा रहेका नेपालीले भने यस आइपीओमा धितोपत्र बोर्डबाट अनुमति प्राप्त सबै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

उद्योग प्रभावित स्थानीयका लागि जारी आइपीओको निष्कासन बन्द छिटोमा असोज १२ गते र ढिलोमा असोज २७ गते हुनेछ। वैदेशिक रोजगारमा रहेका नेपालीका लागि जारी आइपीओको निष्कासन बन्द भने छिटोमा असोज १ गते र ढिलोमा असोज १२ गते बैंकिङ समयपछि हुनेछ।

एसवाई प्यानल नेपालको आइपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS