IME Life New

अस्ट्रेलियन बीमा योजना ह्यानओभर लाइफ रिलाई बेच्दै स्विस रि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्विस रिले अस्ट्रेलियन बीमा योजना ह्यानओभर लाइफ रिलाई बेच्ने भएको छ।

अस्ट्रेलियास्थित ह्यानओभर लाइफ रिलाई अस्ट्रेलियन डाइरेक्स लाइफ इन्स्योरेन्स पोलिसी बेचेर स्विस रि एसिया प्रशान्तबाट बाहिरिने भएको हो। यसका लागि स्विस रिले डिजिटल ह्वाइट लेभल प्लेटफर्म आईपीटीआईक्यू ह्याओभर लाइफ रिलाई बिक्री गर्नेछ।

Esewa
Crest

स्विस रिको अस्ट्रेलिया तथा न्युजिल्यान्डका सीईओ ट्रेन्ट थोमसनले ह्यानओभर लाइफ रिले बीमितको चाहनाबमोजिम प्रदान गर्नेमा आफूहरु ढुक्क रहेको बताए। ‘ह्यानओभर लाइफ रिलाई पोलिसी हस्तान्तरण अवधिभर सबै सरोकारवालालाई साथ र सहयोग रहने विश्वास छ’, उनले भने।

ह्यानओभर लाइफ रिका एमडी गर्ड ओबेर्टले स्विस रिबाट हुन लागेको अस्ट्रेलियन पोलिसीको प्राप्तिपछि साझेदार र बीमितलाई दीर्घकालीन सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्ति गरे। ‘निरन्तर र स्थिर सेवा प्रदान गर्ने हाम्रो प्राथमिकतामा रहेको छ’, उनले भने, ‘बीमितले गुणस्तरीय पोलिसी र सेवा पाउनेछन्।’

स्विस रि र ह्यानओभर लाइफ रिबीचको सम्झौताले आउँदो १८ महिनाभित्र पूरा हुन अनुमान गरिएको छ। यसका लागि दुवै कम्पनीले अदालत र नियामसँग सहमति लिनुपर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS