IME Life New

स्विस रि र बर्कसायर ह्याथवे बने विश्वका ठूला पुनर्बीमा कम्पनी, पछाडि पर्यो म्युनिख रि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्विस रिले म्युनिख रिलाई उछिनेर विश्वकै सबैभन्दा ठूलो पुनर्बीमा कम्पनी बनेको छ। आईएफआरएस–१७ अन्तर्गत रिपोर्ट गर्ने विश्वका पुनर्बीमा कम्पनीको सूचीमा स्विस रि शीर्ष स्थानमा उक्लिएको हो।

एएम बेस्टको २०२४ को तथ्यांकले यस्तो देखएको हो। तथ्यांकअनुसार बर्कसायर ह्याथवेले गैरआईएफआरएस–१७ अन्तर्गत रिपोर्ट गर्ने कम्पनीहरुमध्ये शीर्ष स्थान हासिल गरेको छ।

Esewa
Crest

एएम बेस्टले अहिले दुई सूचीमा शीर्ष ५० विश्वव्यापी पुनर्बीमा कम्पनीहरुलाई स्थान दिएको छ। आईएफआरएस–१७ अन्तर्गत रिपोर्ट गर्ने कम्पनीहरुलाई कुल पुनर्बीमा आम्दानीका आधारमा १–१६ स्थानमा राखिएको छ। जब कि गैरआईएफआरएस–१७ अन्तर्गत रिपोर्ट गर्ने कम्पनीहरुलाई कुल पुनर्बीमा प्रिमियमका आधारमा १–३४ स्थानमा राखिएको छ।

सन् २०२३ मा स्विस रि गैरआईएफआरएस–१७ कम्पनीहरुको सूचीमा पहिलो स्थानमा थियो। तर, सन् २०२४ मा स्विस रिले आफ्नो रिपोर्टिङ परिवर्तन गरेको हो।

सन् २०२४ को अन्त्यसम्मको स्विस रि ३६.२ अर्ब डलर आम्दानीका साथ आईएफआरएस–१७ कम्पनीहरुको सूचीमा शीर्ष स्थानमा छ। सन् २०२४ मा ३० अर्ब डलरभन्दा माथि आम्दानी भएको म्युनिख रि स्विस रिपछि एकमात्र कम्पनी हो। म्युनिख रिको आम्दानी ३२.६ अर्ब डलर रहेको छ। यद्यपि, म्युनिख रि सूचीमा एक स्थान तल खसेको छ।

यसैगरी ह्यानोभर रि सन् २०२४ को आम्दनी २७.५ अर्ब डलरका साथ आईएफआरएस–१७ कम्पनीहरुको सूचीमा तेस्रो स्थानमा छ। त्यसपछि एससीओआर १६.८ अर्ब डलर र चाइना रि ५.९ अर्ब डलरको आम्दानीको साथ शीर्ष ५ भित्र पर्न सफल भएका छन्।

त्यस्तै बर्कसायर ह्याथवे गैरआईएफआरएस–१७ कम्पनीहरुको सूचीमा शीर्ष स्थानमा रहेको छ। यसको सन् २०२४ को जीडब्ल्यूपी २६.९ अर्ब डलर रहेको छ।

स्पेसलिस्ट लोयडको बीमा र पुनर्बीमा बजार गैरआईएफआरएस–१७ कम्पनीको सूचीमा दोस्रो स्थानमा छ। यसको जीडब्ल्यूपी २३.५ अर्ब डलर रहेको छ। त्यसपछि रिइन्स्योरेन्स ग्रुप अफ अमेरिका १५.६ अर्ब डलर र एभरेस्ट ग्रुप १२.९ अर्ब डलर जीडब्ल्यूपी रहेको छ।

जनवरीमा क्यालिफोर्नियाको डढेलोले पहिलो त्रैमासको नतिजामा ठूलो असर पारेको थियो। क्यालिफोर्नियामा लगानी गर्ने धेरै पुनर्बीमा कम्पनीले हालैका वर्षहरुमा आफ्नो सबैभन्दा खराब त्रैमासिक अन्डरराइटिङ अनुभव रिपोर्ट गरेका छन्। डढेलोको प्रभावले वर्षका लागि बजेट गरिएको विपत्ति भारको ठूलो हिस्सा घटाएको छ।

सन् २०२५ अगाडि बढ्दै जाँदा बजारले गैरनोक्सान प्रभावित खातामा दरहरु नरम भएको देखेको छ। ‘यद्यपि नोक्सान प्रभावित खाताहरुमा दरहरु सामान्य रुपमा सुधार भएका छन् वा कायम राखिएका छन्’, एएम बेस्टका वित्तीय विश्लेषक क्रिस पेनिंग्सले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS