IME Life New

पाँच वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन शेयरधनीलाई स्वावलम्बन लघुवित्तको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँच वर्षभन्दा पुरानो नगद ४लाभांश बुझिलिन शेयरधनीलाई आग्रह गरेको छ । कम्पनीले आर्थिक वर्ष २०६३/६४ र २०६५/६६, २०६६ /६७, २०६७ /६८, २०६८/ ६९, २०६९ /२०७०, २०७० /७१, २०७१ /२०७२, २०७२ /२०७३, /२०७३ /२०७४, २०७४/२०७५, २०७५/७६ सम्मको नगद लाभांश लिन आग्रह गरेको हो ।

संस्थाको यी विभिन्न साधारण सभाबाट पारित भएको पाँच वर्षभन्दा पुरानो नगद लाभांश केही शेयरधनीले अझैसम्म नलिएकाले संस्थाले यथाशिग्र लिन बोलाएको हो।

Esewa
Crest

कम्पनीले अझैसम्म पनि लाभांश नलिएका शेयरधनीलाई शेयर प्रमाणपत्रका साथै आफ्नो परिचयपत्र सहित अबको ३५ दिनभित्र काठमाडौंको लाजिम्पाटस्थित कम्पनीको शेयर रजिष्ट्रार एनआइएमबि एस क्यापिटल लिमिटेडमा बुझन आग्रह गरेको छ।

उक्त अवधिभित्र आफ्नो नगद लाभांश नलिएमा सो लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने कम्पनीले जनाएको छ । लाभांश लिन बाँकी शेयरधनीको विस्तृतत विवरण कम्पनीको वेबसाइटमा प्रकाशित गरिएको पनि जनाएको छ।

साथै आर्थिक वर्ष २०७६/७७ देखि २०७९/८० सम्मको लाभांश लिन बाँकी शेयरधनीले पनि एनआइएमबि एस क्यापिटलमा सम्पर्क गरी बुझिलिन कम्पनीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS