IME Life New

बल्ल सूचीकृत भयो स्वस्तिक लघुवित्तको आइपीओ, भोलिबाट कारोबारमा आउने, यति पायो रेन्ज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँट भएको करिब साढे दुई महिनापछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ।

स्वस्तिक लघुवित्तको आइपीओ आज नेप्सेमा सूचीकृत भएको हो। अब यो लघुवित्तको शेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ। कुनै पनि कम्पनीको साधारण शेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ।

Esewa
Crest

नेप्सेमा स्वस्तिक लघुवित्तको कुल ५ लाख ७७ हजार ५०० कित्ता साधारण शेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ३ लाख ४६ हजार ५०० कित्ता (६० प्रतिशत) र सर्वसाधारण समूहको २ लाख ३१ हजार कित्ता (४० प्रतिशत) रहेको छ।

नेप्सेले स्वस्तिक लघुवित्तलाई ‘एसडब्ल्यूएएसटीआईके–स्वस्तिक’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि नेप्सेले यो लघुवित्तलाई प्रतिकित्ता न्यूनतम १७१.७८ रुपैयाँ र अधिकतम ५१५.३४ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ।

अब भोलि स्पेसल प्रि–ओपन सेसनमा नेप्सेले तोकेको रेन्जभित्र यो लघुवित्तको शेयर किनबेच भएमा नियमित सत्रका लागि कारोबारमा आउनेछ।

स्वस्तिक लघुवित्तले गत साउन ३० गतेदेखि भदौ ३ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो। यो आइपीओ भदौ ११ गते धितोपत्र बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङको कार्यालयमा भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS