IME Life New

धितोपत्र बोर्डबाट स्वस्तिक लघुवित्तले पायो आइपीओ जारी गर्ने अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आइपीओ जारी गर्ने अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्डले स्वस्तिक लघुवित्तलाई आइपीओ जारी गर्न अनुमति दिएको हो। अब यो लघुवित्तले चुक्तापुजीको ४० प्रतिशतले हुन आउने रकमबराबरको साधारण शेयरको सार्वजनिक निष्कासन गर्नेछ।

Esewa
Crest

स्वस्तिक लघुवित्तले २ करोड ३१ लाख रुपैयाँबराबरको आइपीओ ल्याउनेछ। जसअनुसार संस्थाले २ लाख ३१ हजार कित्ता आइपीओ बिक्री खुला गर्नेछ।

हाल स्वस्तिक लघुवित्तमा संस्थापक शेयरधनीको ६० प्रतिशतले हुन आउने ३ करोड ४६ लाख ५० हजार रुपैयाँबराबरको शेयर स्वामित्व रहेको छ। आइपीओ बिक्रीपछि संस्थाको चुक्तापुँजी ५ करोड ७७ लाख ५० हजार रुपैयाँ पुग्नेछ।

स्वस्तिक लघुवित्तको आइपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS