काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आफ्नो सातौँ वार्षिक साधारणसभा आह्वान गरेको छ।
संस्थाको सञ्चालक समितिको बैठकले यही भदौ २७ गते सभा आयोजना गर्ने निर्णय गरेको हो। सभा सिरहाको लहानस्थित विशाल होटलमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले संस्थाको पुँजी वृद्धि गर्न प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने र यसका लागि नियमनकारी निकायहरुबाट प्राप्त रायसुझाव तथा निर्देशनलाई सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।
सभाले हाल कायम चुक्तापुँजीका १ः२ अनुपातमा अर्थात २०० प्रतिशत हकप्रद जारी गर्ने अर्को विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। सभाले अन्य लघुवित्त संस्थासँग मर्जरमा जान उपयुक्त देखिएमा सोहीबमोजिम सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।
सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एकजना महिलासहित दुईजना सञ्चालकको निर्वाचन गर्नेछ। सभाले आर्थिक वर्ष २०८१।८२ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव स्वीकृत गर्नेछ।
सभा प्रयोजनका लागि संस्थाले भदौ ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ भदौ १० गतेसम्म शेयरधनीहरुमात्रै यो संस्थाको सभामा भाग लिन योग्य हुनेछन्।












