IME Life New

स्वस्तिक एग्रो इण्डष्ट्रिजले आइपीओ निष्काशन गर्ने, नियुक्त गर्यो बिक्री प्रबन्धक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वस्तिक एग्रो इण्डष्ट्रिज लिमिटेडले विद्यमान साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्काशन तथा कारोवार नियमावली, २०८१ अन्तर्गत रहेर धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धि निर्देशिकाहरुमा भएको व्यवस्था बमोजिम निकट भविष्यमा नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणमा प्राथमिक निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त शेयर निष्काशन कार्यका लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।

स्वस्तिक एग्रो इण्डष्ट्रिज लिमिटेडे नेपालको दुग्ध उत्पादन उद्योगको रुपमा उत्कृष्टता प्रमाणित गर्दै दुग्ध तथा दुग्ध जन्य पदार्थ जस्तै दहि, घ्यू, चकलेट र पनिर लगाएतका अन्य उत्पादन र प्याकेजिङ्ग गर्ने उद्देश्यका साथ स्थापना भएको स्वस्तिक एग्रो इण्डष्ट्रिज लिमिटेड नेपालमा एक रुचाइएको नाम बन्न सफल भएको छ ।

Esewa
Crest

स्वदेशि उत्पादनको माध्यमबाट देशलाई दुग्ध तथा दुग्ध जन्य पदार्थमा आत्म निर्भर बनाउँने र उपभोक्ताहरुका लागि “गोठ देखि भान्सासम्म” भन्ने मूल नाराका साथ शुद्ध दुग्ध तथा दुग्ध जन्य परिकारहरु उपलब्ध गराउने मुख्य उद्देश्यका साथ स्थापित स्वस्तिक एग्रो इण्डष्ट्रिज लिमिटेडले हाल कम्पनीको नाममा रहेको धनुषा जिल्लाको गोदार स्थित २ बिघा जमिनमा जर्सी तथा होल्स्टोन जस्ता उत्कृष्ट जातका ३५ थान गाईहरुबाट दैनिक २०० लिटर भन्दा बढी दुग्ध उत्पादन गरी बिक्री बितरण गर्दै आईरहेको छ भने निकट भविष्यमा ६५ थान गाईहरु थप गरी १०० थान गाईहरु पु¥याउने उद्देश्यले सेड तयार बनाई सकिएको छ । कम्पनीले निकट भविष्यमा प्याकेजिङ्ग उद्योग स्थापना गरी दुग्ध उत्पादन क्षेत्रका लागि एक उत्कृष्ट तथा प्रतिष्ठित कम्पनी बनाउने उद्देश्यका साथ अध्ययन तथा अनुसन्धान गरिरहेको छ ।

सो सम्झौतामा स्वस्तिक एग्रो इण्डष्ट्रिज लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष तथा प्रबन्ध संचालक सत्य नारायण झा तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS