IME Life New

स्वाभिमान लघुवित्तको प्रस्तावित लाभांश संशोधन, अब नबाँड्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने भनिएको लाभांश संशोधन गरेको छ। लघुवित्तले एक सूचना जारी गर्दै अब शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने जनाएको छ । लघुवित्तको जेठ ८ गते बसेको सञ्चालक समितिको बैठकले साविकको लाभांश प्रस्ताव परिमार्जन गरी कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

गत फागुन १५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले ९.५ प्रतिशत बोनश शेयर र ०.५० प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरि स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको थियो।

Esewa
Crest

वित्तीय प्रतिवेदनलाई थप सुदृढ बनाउने क्रममा नियामक व्यवस्था र वित्तीय परिसूचकहरुमा गर्नुपर्ने अनिवार्य समायोजनका कारण प्रस्ताव गरिएको लाभांशलाई यथावत् राख्न नसकिने कानुनी एवं प्राविधिक बाध्यता सिर्जना भएको हुनाले संशोधन गरिएको लघुवित्तले जनाएको छ ।

1779451099223

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS