IME Life New

प्रधानमन्त्रीको पदभारपछि सुशीला कार्कीबाट देशवासीका नाममा यस्ता १५ सन्देश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गरेकी छन्। उनले शुक्रबार प्रधानमन्त्रीको सपथ ग्रहण गरेकी थिइन्।

जेनजीको भदौ २३ र २४ गतेको आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। त्यसपछि कार्कीले संसद भंग गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेकी थिइन्।

Esewa
Crest

अहिले प्रधानमन्त्री कार्कीको मन्त्रिमण्डलमा सहभागी हुने सम्भावित मन्त्रीहरुको नाम चर्चा भइरहेको छ। पदभार ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले देशवासीको नाममा दिएको सन्देश बुँदागत रुपमा:

१. ६ महिनाभित्र चुनाव गराएर सत्ता हस्तन्त्रण गर्न चाहन्छु। मलाई सहयोग गर्नुस्।

२. देश र जनता विषम परिस्थितिमा छन्। के गर्न सकिन्छ विचार गरेर लाग्नेछौँ।

३. सुरक्षा निकायहरु, प्रहरीका बिटहरु, सिंहदरबार, मन्त्रालय, सर्वोच्च अदालत, तराईका सम्पूर्ण जिल्ला अदालत, उच्च अदालतलगायत सरकारी सम्पत्तिसमेत आगोमा जले। यो देखेर लाज पनि लागेको छ। नेपाली भएर यो काम गरेको हो भने नेपाली कसरी भन्ने ?

४. हाम्रा रेकर्ड, प्रमाण र सर्वोच्च अदालतका फाइलहरु सबै नष्ट भए। भौतिक भवनको क्षति पूर्ति गर्न सकिन्छ। तर, ती रेकर्डहरु, विवरणहरु सम्पूर्ण नष्ट भएर शून्यको अवस्थामा पुग्यौँ।

५. आन्दोलनकर्मी र सुरक्षाकर्मीहरुको पनि देहावसान भयो। सम्पूर्ण प्रहरी कार्यालयका सवारीसाधन अर्को खरिद गर्नुपर्ने अवस्था छ। कामचलाउ भए पनि प्रहरी कार्यालय बनाऔँ।

६. आगजनी र तोडफोड नियोजित रुपमा भएको भन्ने लाग्छ। अनुसन्धान हुन बाँकी छ।

७. तोडफोड, आगजनीजस्ता कार्यमा संलग्नको खोजी गरेर कारबाही गरिनेछ।

८. तोडफोड, आगजनी, हत्याजीस्ता अपराधीहरुले गरेको कृत्य हामीमाथिको चुनौती हो। मुलुकविरुद्ध गरेको चुनौती हो। यसर्थ, सबै मिलेर एकताको भावना राखेर सामना गरौँ।

९. अन्य देशमा नभएको २७ घन्टाको आन्दोलनले गरेको यो कायापलट समयले मागेको भ्रष्टाचारको अन्त्य, सुशासन, आर्थिक समानताका लागि हो।

१०. क्षतिहरुको पनि मूल्यांकन गरेर आगामी कार्ययोजना बनाउनेछौँ।

११. भदौ २३ गते मृत्युवरण गरेकाहरुलाई सहिद घोषणा गर्ने निर्णयमा हस्ताक्षर गरेँ। सिस्टमले दिने १० लाख रुपैयाँ दिने निर्णय गर्यौं।

१२. घाइतेहरुलाई पनि उपचार र राहत लागु गरेका छौँ। अपांगता भए पछिसम्म उपचार गर्ने व्यवस्था हुन्छ।

१३. मृतकका परिवारहरुका सदस्यहरु बसेको, खाएको खर्च सरकारले हेरिदिनेछ।

१४. शवलाई उनीहरुको स्थानीय ठेगानामा पुर्याइदिने व्यवस्था गरिनेछ।

१५. आन्दोलनका क्रममा भएको तोडफोड, आगजनीबाट उठ्न नसक्ने अवस्थामा पुगेका व्यवसायी कसरी उठाउने भन्ने हामी सोच्छौँ। बैंकको सफ्ट लोनहरु दिएर हुन्छ कि, कसरी हुन्छ गर्नेछौँ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

93%
happy

खुसी

6%
sad

दु :खी

0%
amazed

अचम्मित

1%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS