IME Life New

सूर्यज्योति लाइफको ३२%ले बढ्यो प्रथम बीमाशुल्क, कुल बीमाशुल्क सवा ११ अर्ब नाघ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८१।८२ मा ११ अर्ब ३५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

कम्पनीका अनुसार गत आर्थिक वर्षमा ११ अर्ब ३५ करोड कुल बीमाशुल्क आर्जन गरेको हो। अघिल्लो वर्ष २०८०।८१ मा कम्पनीले ९ अर्ब ४७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको कम्पनीको व्यापार १९.८५ प्रतिशतले बढेको छ।

Esewa
Crest

समीक्षा वर्षमा कम्पनीले ३ अर्ब ३४ करोड रुपैयाँको नयाँ व्यापार (प्रथम बीमाशुल्क) गरेको छ। यसमा वैदेशिक रोजगार बीमालेख बिक्रीबापत कम्पनीले २७ करोड ८० लाख रुपैयाँ संकलन गरेको छ।

अघिल्लो वर्ष कम्पनीले २ अर्ब ५३ करोड रुपैयाँको नयाँ व्यापार भित्र्याएको थियो। जसमा वैदेशिक रोजगार बीमालेख बिक्रीबापत कम्पनीले २५ करोड संकलन गरेको थियो।

अघिल्लो वर्षको तुलनामा कम्पनीको नयाँ व्यापार (वैदेशिक रोजगार बीमासहित) ३२.२५ प्रतिशतले बढेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

71%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

14%
excited

उत्साहित

14%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS