IME Life New

सूर्यज्योति लाइफद्वारा बाढीपीडित राहतका लागि रु.१ करोड सहयोगको प्रतिबद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यही भदौ १० गते बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायत जिल्लाका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको घटनाप्रति सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गहिरो दुःख व्यक्त गरेको छ ।

यस विपद्बाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाल सरकार, सुरक्षा निकाय तथा विभिन्न संघसंस्थाहरूबाट भइरहेको प्रयासप्रति ऐक्यबद्धता जनाउँदै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बाढीपीडितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एक करोड रुपैयाँ आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

Esewa
Crest

यस कम्पनीले विगतमा समेत राष्ट्रले आवश्यकता महसुस गरेका विभिन्न प्रतिकुल परिस्थितिमा आर्थिक तथा विविध प्रकारको सहयोग गर्दै आइरहेको र हालको अवस्थामा समेत कम्पनीको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोडको आर्थिक सहयोगले बाढीबाट प्रभावितहरुको उद्धार तथा राहत लगायतका कार्यका निम्ति सहयोग पुग्ने विश्वास समेत ब्यक्त गरेको छ ।

विपद्को यस कठिन घडीमा प्रभावित परिवारहरूको तत्कालीन आवश्यकता पूरा गर्नुका साथै दीर्घकालीन रूपमा उद्धार, राहत तथा पुनःस्थापनाका र जीवनयापन सहज बनाउन यस बिपद्को घडीमा सबै क्षेत्रबाट सहयोग र सहकार्य आवश्यक रहेको कम्पनीको विश्वास छ ।

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड यस दुःखद् घडीमा बाढीबाट प्रभावित सम्पूर्ण नागरिकहरू प्रति हार्दिक सहानुभूति तथा मृतकहरु प्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै, उद्धार तथा राहत कार्यमा खटिनुभएका सम्पूर्ण सुरक्षाकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायहरू प्रति आभार व्यक्त गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS