काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थान (ICAN) द्वारा आयोजित National Best Presented Annual Report (NBPA) 2025 Awards अन्तर्गत Life Insurance Category मा ‘Certificate of Merit’ सम्मान प्राप्त गरेको छ।
आईक्यानद्वारा CFO Conclave 2026 सँगै २०८३ असार १६ गते काठमाडौंस्थित होटल याक एण्ड यतिमा आयोजित राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन २०२५ पुरस्कार वितरण समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले कम्पनीको तर्फबाट उक्त सम्मान ग्रहण गरे ।
यो सम्मानले सूर्यज्योति लाइफले वित्तीय प्रतिवेदनको गुणस्तर, पारदर्शिता, जवाफदेहिता, संस्थागत सुशासन तथा सरोकारवालामुखी सूचनाको प्रभावकारी प्रस्तुतीकरणप्रति निरन्तर अवलम्बन गर्दै आएको उच्च प्रतिबद्धतालाई थप पुष्टि गरेको छ। कम्पनीले प्रकाशित गरेको वार्षिक प्रतिवेदनले कम्पनीको वित्तीय अवस्था, संस्थागत रणनीति, दिगोपन तथा संस्थागत सुशासनका अभ्यासहरूलाई प्रभावकारी र मापदण्डअनुसार प्रस्तुत गरेको थियो।
यस अवसरमा कम्पनीले आफ्ना सम्पूर्ण बीमित, शेयरधनी, नियामक निकाय, अभिकर्ता, कर्मचारी, व्यावसायिक साझेदार तथा सम्पूर्ण सरोकारवालाप्रति निरन्तर विश्वास, साथ र सहयोगका लागि हार्दिक आभार व्यक्त गरेको छ। कम्पनीले आगामी दिनमा पनि उत्कृष्ट संस्थागत अभ्यास, नवीन जीवन बीमा सेवा तथा उच्चस्तरीय ग्राहक सेवा प्रदान गर्दै सरोकारवालाका लागि दीर्घकालीन मूल्य सिर्जना गर्ने प्रतिबद्धता पुनः व्यक्त गरेको छ।












