IME Life New

सर्वेक्षणः ६७% अमेरिकी किन्न चाहँदैनन् टेस्ला कार, मुख्य कारण एलन मस्क

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति तथा दिग्गज उद्योगपति एलन मस्कको स्वामित्वमा रहेको प्रमुख विद्युतीय कार कम्पनी टेस्लालाई लिएर अमेरिकीबीच असन्तुष्टि बढ्दै गएको छ। एकातिर मस्क आफ्नो टेस्लासँग भारत प्रवेश गर्ने तयारीमा छन् भने अर्कोतिर आफ्नै देशमा उनको कडा विरोध भइरहेको छ।

हालैको एक सर्वेक्षणका अनुसार लगभग दुई तिहाइ अर्थात ६७ प्रतिशत अमेरिकी टेस्ला कार किन्न चाहँदैनन्। याहु न्युजले गरेको सर्वेक्षणअनुसार दुई तिहाइ अमेरिकी टेस्ला कार किन्न वा भाडामा लिन चाहँदैनन्। उनीहरुमध्ये ५६ प्रतिशतले कम्पनी प्रमुख मस्कलाई आफ्नो निर्णयको कारण मान्दछन्। जसमध्ये ३० प्रतिशतले मस्कलाई प्राथमिक कारण र २६ प्रतिशतले सहयोगी कारक मान्छन्।

Esewa
Crest

यो सर्वेक्षणमा अमेरिकामा बसोबास गर्ने १ हजार ६७७ वयस्क मात्रै समावेश गरिएको थियो। सर्वेक्षण मार्च २० देखि २४ मार्चको बीचमा गरिएको थियो।

एलन मस्क र अमेरिकी राष्ट्रपतिबीच बढ्दो निकटताका कारण अमेरिका दुई भागमा विभाजित भएको देखिन्छ। केहीले मस्क र उनको काम गर्ने तरिका मन पराइरहेका छन् भने धेरैजसोले मस्कको विरोध गरिरहेका छन्। यो नयाँ सर्वेक्षणले मस्कको लोकप्रियतालाई थप घटाउने देखिन्छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS