IME Life New

जेनजी आन्दोलनमा लुटिएका वा फेला परेका हतियार यथाशीघ्र बुझाऊ, नत्र कारबाहीः नेपाली सेना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली सेनाले जेनजी आन्दोलनमा लुटिएका वा फेला परेका हतियार बुझाउन आग्रह गरेको छ।

नेपाली सेनाले आज एक सूचना प्रकाशित गरी जेनजी नेतृत्वको आन्दोलनका क्रममा कोही कसैले सुरक्षाकर्मीबाट लुटिएको वा फेला पारेको हातहतियार, गोलीगठ्ठा एवं सुरक्षा सामग्री नजिकको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई यथाशीघ्र बुझाउन अनुरोध गरेको हो। त्यस्ता हातहतियारको दुरुपयोग भई जनधनको क्षति हुन सक्ने भएकोले त्यससम्बनधी सूचना प्राप्त गर्ने व्यक्तिहरुले सुरक्षा निकायलाई जानकारी गराउन र सम्बन्धितलाई हतियार बुझाउन प्रेरित गर्न नेपाली सेनाले आग्रह गरेको छ।

Esewa
Crest

त्यस्तै यस संवेदनशील परिस्थितिमा सुरक्षा निकायका पोसाकको अनाधिकृत प्रयोग नगर्नसमेत नेपाली सेनाले आग्रह गरेको छ। त्यसरी लुटिएका वा फेला परेका हातहतियार र गोलीगठ्ठा नबुझाई कसैसँग फेल परेमा प्रचलित कानुनबमोजिम कारबाही हुने नेपाली सेनाले चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS