IME Life New

मुख्य वित्तीय सूचकहरुमा सपोर्ट लघुवित्तको आकर्षक प्रगति, खराब कर्जामा पनि सुधार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८१।८२ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा संस्थाले ५ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८०।८१ मा संस्थाले २ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले संस्थाको नाफा अघिल्लो वर्षको तुलनामा १४०.६३ प्रतिशतले बढेको छ।

Esewa
Crest

समीक्षा वर्षमा संस्थाको सञ्चालन मुनाफा बढेर ७ करोड ९६ रुपैयाँमा भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा २ करोड ५७ लाख रुपैयाँमा सीमित थियो। संस्थाको सञ्चालन मुनाफा पनि २०९.५७ प्रतिशतले बढेको छ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म संस्थाले १३ करोड ५२ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले ८ करोड २९ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो। ब्याज आम्दानी ६२.९६ प्रतिशतले घटेको छ।

चुक्तापुँजी १२ करोड २४ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भ तथा सरप्लसमा ८ करोड ५२ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिजर्भ तथा सरप्लसमा ३ करोड ५१ लाख रुपैयाँ रुपैयाँ थियो। रिजर्भको आकार पनि १४२.५० प्रतिशतले बढेको छ।

समीक्षा वर्षमा संस्थाले १ अर्ब ३३ करोड ४९ लाख रुपैयाँ सापटी लिएर १ अर्ब ९२ करोड ९१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष संस्थाले १ अर्ब २६ करोड ८० लाख रुपैयाँ सापटी लिएर १ अर्ब ६६ करोड ७८ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो।

समीक्षा वर्षमा संस्थाको खराब कर्जा अनुपात (एनपीएल) घटेर १.५८ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म पनि संस्थाको एनपीएल १.८२ प्रतिशत थियो।

संस्थाको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ४१.८१ रुपैयाँ, पीई रेसियो ५५.५२ गुणा र प्रतिशेयर नेटवर्थ १६९.६२ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS