IME Life New

संस्थापक र सर्वसाधारणको शेयर संरचना परिवर्तन गर्दै सपोर्ट लघुवित्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले संस्थामा हाल कायम संस्थापक र सर्वसाधारणको शेयर संरचना परिवर्तन गर्ने भएको छ।

संस्थाले आज एक सूचना जारी गर्दै शेयर संरचना परिवर्तन गर्न लागिएको जानकारी गराएको हो। संस्थाले शेयर संरचना परिवर्तन गर्दै संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत कायम गर्न लागेको हो। हाल संस्थामा संस्थापक समूहको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत रहेको छ।

Esewa
Crest

शेयर संरचना परिवर्तन गर्दा संस्थाले १० प्रतिशत संस्थापक शेयर १० सर्वसाधारण समूहमा परिणत गर्न लागेको छ।

सर्वसाधारण समूहमा परिवर्तन नचाहने संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सुनसरीको इटहरीस्थित संस्थाको केन्द्रीय कार्यालयमा लिखित रुपमा वा संस्थाको ई–मेलमा निवेदन पठाउन सक्ने संस्थाले जनाएको छ। तोकिएको म्यादभित्र संस्थापक शेयरधनीहरुबाट निवेदन नपरेको खण्डमा शेयर परिवर्तन गर्नमा मन्जुर रहेको मानिने संस्थाले जनाएको छ।

संस्थाको शेयर संरचना परिवर्तनका लागि नेपाल राष्ट्र बैंकले स्वीकृति दिइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS