IME Life New

सपोर्ट लघुवित्तको बोनश शेयरधनीहरुको डिम्याट खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनश शेयर सम्बन्धीत शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको छ । संस्थाले गत पुस ३० गते सम्पन्न एघारौं वार्षिक साधारणसभाबाट पारित गरेको ९.५ प्रतिशत बोनश शेयर सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको हो ।

उक्त बोनश शेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड र सिडिएस एण्ड क्लियरिङ्गमा सूचीकृत तथा दर्ता भई अभौतिक रूपमा कारोबार हुने व्यवस्था समेत मिलाइसकिएको जनाइएको छ।

Esewa
Crest

कम्पनीका अनुसार गत पुस १५ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरूको बोनश शेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरिसकिएको छ। सो मितिपछि शेयर अभौतिकीकरण गराएका शेयरधनीहरूको हकमा भने क्रमशः बोनस शेयर खातामा जम्मा गरिने बताएको छ।

२०८२ पुस १५ गतेसम्म शेयर धितो राखेर कर्जा लिएका शेयरधनीहरूको बोनस शेयर सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा रोक्का जनाइ हितग्राही खातामा जम्मा गरिएको कम्पनीले जानकारी दिएको छ। कर्जा चुक्ता भइसकेका शेयरधनीलाई सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी शेयर फुकुवा गराउन पनि आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS