IME Life New

प्रिमियम मूल्यमा १४ लाख कित्ता शेयर बिक्री गर्दै सनराइज होल्डिङ्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सनराइज होल्डिङ्सले प्रिमियम मूल्यमा साधारण शेयर बिक्रीमा राखेको छ।

कम्पनी सञ्चालक समितिको निर्णयबमोजिम कम्पनीको १४ लाख कित्ता शेयर आज जेठ २३ गतेबाट बिक्रीमा राखिएको हो। बिक्रीमा राखिएको शेयरको मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ। जसमा अंकित मूल्यमा ५० रुपैयाँ प्रिमियम थप गरिएको छ।

Esewa
Crest

यो शेयर कम्पनीका संस्थापक शेयरधनीहरुका लागि बिक्री खुला गरिएको हो। संस्थापक शेयरधनीहरुले २१ दिनभित्र शेयर खरिदका लागि कम्पनीको सञ्चालक समितिसमक्ष निवेदन पेस गर्न सक्नेछन्।

तोकिएको मितिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य लगानीकर्ताका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS