काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहतका लागि सनि सेक्युरिटिज लिमिटेड (ब्रोकर नम्बर ४२ ) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। रसुवाको भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढी र प्राकृतिक विपद्का कारण मानवीय तथा भौतिक क्षेत्रमा ठूलो क्षति पुगेको भन्दै सेक्युरिटिजले प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले यो रकम प्रदान गरेको जनाएको छ।
कठिन परिस्थितिमा प्रभावित नागरिकको पीडामा साथ दिन र राहत कार्यलाई प्रभावकारी बनाउन आफ्नो योगदान महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरेको छ। बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सेक्युरिटिजले शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।












