IME Life New

सन सेक्युरिटिजद्वारा आईआईडीएसका अनुसन्धान प्रशिक्षार्थीलाई नेपाली पुँजीबजारसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन सेक्युरिटिज (ब्रोकर नं. ६४) ले इन्स्टिच्युट फर इन्ट्रिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस) का नेपाली तथा विदेशी अनुसन्धान प्रशिक्षार्थीलाई लक्षित गरी नेपाली पुँजीबजारसम्बन्धी अभिमुखीकरण तथा अन्तर्क्रियात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

काठमाडौंको नक्साल नारायणचौरस्थित सन सेक्युरिटिजको ट्रेडिङ हलमा आज बिहान १० बजेदेखि १२ः३० बजेसम्म सञ्चालन भएको कार्यक्रममा करिब ३५ जना अनुसन्धान प्रशिक्षार्थीको सहभागिता थियो। कार्यक्रममा नेपालीसँगै विभिन्न देशका विदेशी अनुसन्धान प्रशिक्षार्थीको समेत उल्लेखनीय सहभागिता थियो।

Esewa
Crest

कार्यक्रममा कृष्ण गिरी (कार्यकारी अध्यक्ष, सन सेक्युरिटिज), अस्तित्व शर्मा (प्रमुख कार्यकारी अधिकृत, सुबिज ग्रुप) तथा विवेक अधिकारी (ट्रेडिङ अफिसर, सन सेक्युरिटिज)ले सहजीकरण गरेका थिए।

प्रशिक्षणका क्रममा नेपाली पुँजीबजारको समग्र परिचय, नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कार्यप्रणाली, एट्रेड (नयाँ टीएमएस प्रणाली)को प्रयोग, मेरो शेयर तथा डिम्याट खाताको उपयोग, लगानीका आधारभूत सिद्धान्त, लगानीपूर्व ध्यान दिनुपर्ने पक्षहरु, जोखिम तथा प्रतिफलको सम्बन्ध, दीर्घकालीन सम्पत्ति निर्माणमा पुँजीबजारको भूमिकालगायतका विषयमा विस्तृत प्रस्तुति दिइएको थियो।

कार्यक्रममा सहभागी अनुसन्धान प्रशिक्षार्थीहरुले अत्यन्त उत्साहका साथ सक्रिय सहभागिता जनाउँदै विभिन्न जिज्ञासा राखेका थिए। विशेषगरी विदेशी अनुसन्धान प्रशिक्षार्थीले नेपालको पुँजीबजारको संरचना, लगानी प्रक्रिया तथा प्रविधिमैत्री प्रणालीप्रति गहिरो चासो व्यक्त गर्दै अन्तर्क्रियामा सक्रिय सहभागिता जनाएको देखियो।

सन सेक्युरिटिजले यस्ता शैक्षिक तथा सचेतनामूलक कार्यक्रममार्फत विद्यार्थी, युवा तथा सर्वसाधारणमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै जिम्मेवार लगानी संस्कृतिको विकासमा निरन्तर योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS