IME Life New

सन नेपाल लाइफद्वारा लुम्बिनी प्रदेशका एडीएम तथा सन इमर्जिङ क्लब एचिभर्सलाई सम्मान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा लुम्बिनी प्रदेशका एजेन्सी डेभलपमेन्ट म्यानेजर तथा इमर्जिङ्ग सन क्लव एचिभर्स अभिकर्ताहरुको सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

लुम्बिनी ग्रिन रिसोर्ट, चन्द्रौटामा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालको प्रमुख आतिथ्यता, चिफ मार्केटिङ्ग अफिसर गणेश चौलागाईंको विशेष आतिथ्यता तथा लुम्बिनी रिजनल म्यानेजर सन्तोष कुँवर क्षेत्रीको आतिथ्यता सम्पन्न भएको कार्यक्रमको संचालन राप्ती रिजलन प्रमुख दिपेन्द्र रावतले गरेको थिए ।

Esewa
Crest

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले प्रयत्न निरन्तर सम्मान र सबलीकरणको अवसर कार्यक्रममा सम्मानित हुनुहुने सम्पूर्णलाई हार्दिक बधाई ज्ञापन गर्दै, नेपालको जीवन बीमामा विश्वसनियता ग्याप, बीमाले गर्ने सुरक्षा ग्याप, पोलिसीहोल्डरलाई दिईने शिक्षा, टेक्नोलोजी लगायतका विभिन्न क्षेत्रमा खाडल भएको र त्यसलाई पुरा गर्नअभिकर्ताहरू नै कम्पनीको व्यवसाय विस्तारका प्रमुख आधार भएको उल्लेख गरे । साथै, आगामी दिनमा पनि अभिकर्ताको वृद्धि, विकास, प्रोत्साहन तथा सम्मानका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता जनाए ।

त्यसैगरी चिफ मार्केटिङ गणेश चौलागाईंले जीवन बीमा क्षेत्रमा सफल हुनको लागि अभिकर्ताले गर्नुपर्ने विभिन्न क्रियाकलापहरु, नेपाली जीवन बीमा कम्पनीको समग्र अवस्था, नयाँ बजार रणनिती लगायतका विषयमा उत्प्रेरणात्मक भनाइहरु राखेका थिए । उनले जीवन बीमामा कसरी व्यवसायिक भएर काम गर्न सकिन्छ भन्ने विषयमा विशेष प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा बोल्दै लुम्बिनी रिजनल म्योनजर सन्तोष कुँवर क्षेत्रीले सन नेपाल लाईफले अभिकर्ताहरुको लागि ल्याएको आ.व. २०८३/०८४ को सेल्स पोलिसी को विषयमा उपस्थित लिडरहरुलाई जानकारी गराएका थिए । उनले जीवन बीमामा सफल हुनको लागि पहिले आफ्नो मिसन सेट गरेर त्यसलाई प्राप्त गर्न निरन्तर मेहनत गर्नुपर्ने साथै बीमा विक्री पश्चात बीमितलाई दिईने सेवा प्रभावकारी बनाउन अभिकर्ताहरुलाई अनुरोध पनि गरेको थिए ।

कार्यक्रममा योग्य एडीएम तथा सन इमर्जिङ क्लबका अभिकर्ताहरूलाई सम्मान तथा प्रोत्साहन प्रदान गरिएको थियो। सम्मान कार्यक्रमले अभिकर्ताहरूमा थप ऊर्जा, उत्साह र आगामी दिनमा उत्कृष्ट व्यवसाय प्रदर्शन गर्ने प्रेरणा प्रदान गरेको सहभागीहरूले बताए।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशभरका करिब १५० शाखा तथा सेवा सञ्जालमार्फत ग्राहकलाई जीवन बीमासम्बन्धी सेवा तथा जानकारी प्रदान गर्दै बीमा व्यवसाय सञ्चालन गर्दै आएको छ। कम्पनीले आगामी दिनमा पनि अभिकर्ता तथा एजेन्सी सञ्जालको क्षमता अभिवृद्धि, व्यवसायिक विकास र सम्मानलाई प्राथमिकतामा राख्दै अघि बढ्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS