IME Life New

सुदूरपश्चिम प्रदेश बीमा कानुन र नीति निर्माण गर्न तयारः मुख्यमन्त्री शाह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशमा बीमाको विकास एवं विस्तारका लागि प्रदेश बीमा कानुन र नीति निर्माण गर्न तयार रहेको जानकारी दिएका छन्। उनले त्यसमा सहयोग गर्न नेपाल बीमा प्राधिकरणसँग आग्रह पनि गरेका छन्।

नेपाल बीमा प्राधिकरणको आयोजनामा बुधबार कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेश सरकारसँग बीमासम्बन्धी अन्तक्र्रिया एवं छलफल कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री शाहले महिला स्वयंसेविकाका बीमा गर्दै आएको र विपद् बीमा गर्न इच्छुक भएको उल्लेख गरे। उनले बीमा दाबी भुक्तानीमा झन्झट न्यून गर्न दाबी प्रक्रियालाई सरल बनाउनुपर्ने आवश्यकता औँल्याए।

Esewa
Crest

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले आमनागरिकलाई बीमासँग जोड्न, अनुदानलाई थप प्रभावकारी बनाउन तथा बीमा र विपद्लाई आवद्ध गरेर अघि बढाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमितको हित र बीमकको वित्तीय अवस्था दुवैलाई ध्यानमा राखेर प्राधिकरणले कार्य गर्ने बताए। कृषि बीमा अनुदानका बारेमा पालिका र वडा संरचनाहरुमार्फत आमरुपमा जानकारी दिएर कृषि बीमा गर्न जोड दिनुपर्ने उल्लेख गर्दै उनले कच्ची घरहरुको बीमा गर्नका लागि बीमालेख निर्माण गर्न प्राधिकरणले सहयोग गर्ने बताए।

कार्यक्रममा बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बीमाको परिचय, बीमा क्षेत्रको अवस्था, विद्यमान चुनौती र बीमाको पहुँच विस्तारमा प्रदेश सरकारको भूमिकासम्बन्धी प्रस्तुति दिए। उनले प्रदेशको आर्थिक मामिला मन्त्रालयअन्तर्गत रहने गरी बीमा सम्पर्क व्यक्ति तोक्न प्रदेश सरकारसँग आग्रह गरे।

कार्यक्रममा सहभागीहरुले बीमा कम्पनीहरुले बीमाको प्रिमियम तिर्नसक्ने अवस्था हेरेर मात्र बीमा गर्नुपर्ने, राज्यका समग्र अवयवहरुलाई बीमासँग आबद्ध गरेर अगाडि बढ्न प्राधिकरणले आवश्यक कदम चाल्नुपर्ने, बीमा कम्पनीहरुको अनुगमनलाई अझै प्रभावकारी बनाउनुपर्ने, दाबी भुक्तानीलाई छिटोछरितो बनाउन प्राधिकरणले थप सहजीकरण गर्नुपर्ने र कृषि बीमा गर्न प्रोत्साहन गर्नुपर्नेलगायतका विचार व्यक्त गरेका थिए।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्का, आर्थिक मामिला राज्यमन्त्री प्रकाश बहादुर बम र भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला देवी साउद, प्रदेश सरकारका मुख्यसचिव डा. कमल प्रसाद पोख्रेल, विभिन्न प्रदेश मन्त्रालयका सचिव, मुख्य न्यायाधिवक्ता, नगरपालिका तथा गाउँपालिकाका प्रमुख तथा अध्यक्ष र बीमकका प्रदेश कार्यालयका प्रमुखहरूलगायतको सहभागिता थियो।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS