IME Life New

मन्त्रिपरिषदमा सुधन गुरुङ र महावीर पुनको पुनः इन्ट्री, मन्त्री पदको सपथ ग्रहण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मन्त्रिपरिषदमा सुधन गुरुङ र महावीर पुनको पुनः इन्ट्री भएको छ।

प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारमा गुरुङको गृहमन्त्रीका रुपमा पुनः प्रवेश भएको छ हो। पुनको भने चुनावी सरकारपछि शाह नेतृत्वको सरकारमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीका रुपमा पुनः बहाली गरेका हुन्।

Esewa
Crest

नवनियुक्त दुवै मन्त्रीले आज राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन्।

यसअघि सम्पत्तिबारे प्रश्न उठेपछि गत वैशाख ९ गते गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएका थिए । त्यसपछि सरकारले गुरुङको सम्पत्तिबारे अध्ययन गर्न समिति बनाएको थियो । समितिले गुरुङको सम्पत्तिमा कुनै कैफियत नदेखिएको भन्दै प्रतिवेदन बुझाएको थियो। सोही प्रतिवेदनका आधारमा प्रधानमन्त्री शाहले गुरुङलाई पुनः गृहमन्त्रीमा फिर्ता गराएका हुन्।

पुन भने जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको चुनावी सरकारमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बनेका थिए। चुनावी महौल सुरु भएपछि उनले प्रतिनिधिसभामा म्याग्दीबाट उम्मेदवार बनी विजयी हासिल गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS