काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत गोरखा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुधन गुरुङको जित लगभग पक्का भएको छ।
निर्वाचन आयोगका अनुसार हालसम्म गुरुङले २४ हजार १ मत प्राप्त गरेका छन्। यो क्षेत्रमा ६४ हजार मत खसेको थियो। हालसम्म ५३ हजार बढी मत गणना भइसकेको छ।
गुरुङका निकटतम प्रतिद्वन्द्व नेपाली कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्रीले १३ लाख ५११ मत ल्याएका छन्। यो हिसाबले गुरुङको जित लगभग पक्का भएको हो।
तेस्रो स्थानमा हरिराज अधिकारीले १० हजार २३१ मत ल्याएका छन्। उनी नेकपाका उम्मेदवार हुन्।












