IME Life New

मन्त्री परिषदमा सुदन गुरूङ जाने विषय हल्ला मात्र भएको हामी नेपालको दाबी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जेन जी ले भ्रष्टाचारविरूद्धको आन्दोलन निर्णायक मोडमा पुगेसँगै अन्तरिम मन्त्री परिषदमा अभियन्ता सुदन गुरूङ पनि सहभागि हुने भन्दै अफवाह फैलाइएको भन्दै हामी नेपाल नामक संस्थाले खण्डन गरेको छ।

हामी नेपालले ‘जेन जी’ को व्यापक सहभागिता रहेको सामाजिक सञ्जाल च्यानल डिस्कर्डमार्फत यस्तो अफवाहको खण्डन गरेको हो। संस्थाले भनेको छ, आफूहरू भ्रष्टाचारविरूद्धको अभियानमा मात्र सहभागि भएको र चुनावी मन्त्री परिषदमा आफ्ना कुनै पनि अभियन्ताहरू सहभागि हुनेछैनन् ।

Esewa
Crest

हामी नेपालले दक्ष र योग्य व्यक्ति जसले इमान्दारिताका साथ हामी नेपाल अभियानको मूल उद्देश्य पुरा गर्न सक्छ, त्यस्तो व्यक्तिलाइ मात्र अन्तरिम सरकारमा सहभागिताको अवसर बताएको छ।

हामी नेपालले ‘जेन जी’ को भ्रष्टाचारविरोधी अभियान सामूहिक अभियान भएको जनाउँदै ऐतिहासिक आन्दोलनको सफलताका लागि सबैमा आभार व्यक्त गरेकोछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

60%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS