IME Life New

सुदन गुरूङ भन्छन्, जन चाहना भए देशको नेतृत्वको जिम्मेवारी लिन तयार छु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हामी नेपाल नामक संस्थाका संस्थापक सुदन गुरूङले आम नेपालीले चाहेको अवस्थामा आफू प्रधानमन्त्री पदको जिम्मेवारी लिन तयार रहेको बताएका छन्।

अल जजिरा नामक अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलसँगको भिडियो अन्तरवार्ताका क्रममा गुरूङले आफू चुनाव लड्ने बताए। उनले भने, यो आन्दोलन हो र जिम्मेवारीबाट म पञ्छिन मिल्दैन, म चुनाव लड्नेछु।

Esewa
Crest

उनले प्रधानमन्त्रीको कुर्सी पद भन्दा पनि जिम्मेवारीको विषय भएको बताए। उनले भने, प्रधानमन्त्री पद भन्दा पनि जिम्मेवारी मुख्य हो, नेपाली नागरिकले त्यो जिम्मेवारी दिए म तयार छु।

यद्दपी उनले आफूभन्दा निक्कै योग्य र सक्षम व्यक्तिहरू प्रधानमन्त्री पदका उपलब्ध रहेको बताए। उनले भने, जिम्मेवारी कसलाई दिने भन्ने विषय आम नागरिकले निर्णय गर्ने हो।

अहिलेकै अवस्था र समयमा त्यो जिम्मेवारीका लागि म योग्य व्यक्ति हुँ, जस्तो लाग्दैन। म, कोही अति जिम्मेवार र सक्षम व्यक्ति नेतृत्वमा आओस् भन्ने चाहान्छ। जसले कुशलतापूर्वक समस्याको निकास गर्न सक्छ र सिर्जनशिल समाधान दिन सक्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

17%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS