IME Life New

अब यस्ता व्यक्ति हायर पर्चेज कम्पनीका संस्थापक शेयरधनी र सञ्चालक बन्न नपाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अब नेपाल राष्ट्र बैंकले हायर पर्चेज कम्पनीलाई संस्थापक र सञ्चालकको फिट एन्ड प्रोपर टेस्टपछि मात्र स्वीकृति प्रदान गर्ने भएको छ।

राष्ट्र बैंकले ‘हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रियागत व्यवस्था, २०७० मा छैटौँ संशोधन, २०८३ जारी गरेको छ। सोही संशोधित व्यवस्थामा हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति प्रदान गर्दा सो संस्थाका प्रस्तावित संस्थापक शेयरधनी तथा सञ्चालकहरुको फिट एन्ड प्रोपर टेस्टपश्चात मात्र स्वीकृति प्रदान गरिने मापदण्ड तय गरिएको हो।

Esewa
Crest

संस्थापक तथा सञ्चालकका लागि फिट एन्ड प्रोपर टेस्ट मापनका आधारहरु

अयोग्य भएको मानिने अवस्था

(क) २१ वर्ष उमेर पूरा नभएको,
(ख) बहुलाएको वा मानसिक सन्तुलन ठीक नभएको,
(ग) ऋण तिर्न नसकी साहूको दामासाहीमा परेको,
(घ) बैंक वा वित्तीय संस्था संगको कुनै कारोबारमा कालोसूचीमा परी सो सूचीबाट फुकुवा भएको मितिले कम्तीमा तीन वर्ष पूरा नभएको,
(ङ) प्रचलित कानुनबमोजिम कर तिर्नुपर्ने दायित्व भई त्यस्तो कर चुक्ता नगरेको,
(च) नैतिक पतन देखिने फौज्दारी कसूरमा अदालतबाट सजाँय पाई त्यस्तो सजाँय भुक्तान भएको मितिले ५ वर्ष नपुगेको,
(छ) भ्रष्टाचार वा ठगीको कसूरमा अदालतबाट सजाय पाएको,
(ज) नेपाल राष्ट्र बैंकले निलम्वन गरेको व्यक्तिको हकमा निलम्बन अवधिभर र कारवाहीको हकमा कारबाही भएको मितिले ३ वर्ष नपुगेको।
(झ) नेपाल राष्ट्र बैंकले व्यवस्थापन आफ्नो नियन्त्रणमा लिई निलम्बन वा विघटनमा परेको संस्थाको हकमा त्यस्ता संस्था वा सदस्यहरु त्यस्तो निलम्बन वा विघटन परेको मितिले ३ वर्ष नपुगेको।

अनुसन्धान
बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा दुरुपयोग गरी असुलीको क्रममा अदालतमा मुद्दा चलिरहेको व्यक्ति हायर पर्चेज कर्जा दिने कम्पनीको संस्थापक वा सञ्चालक हुन पाउने छैन।

जालसाजी
बैंक तथा वित्तीय संस्थाको काम कारबाहीमा बेइमानी वा बदनियत गरेको कुरा प्रमाणित भएमा त्यस्तो व्यक्ति हायर पर्चेज कर्जा दिने कम्पनीको संस्थापक वा सञ्चालक हुन सक्ने छैन।

दामासाहीमा परेको
प्रचलित कानुनबमोजिम दामासाहीमा परेको व्यक्ति संस्थापक वा सञ्चालक हुन सक्ने छैन।

आर्थिक हैसियत
संस्थापकहरुले कम्पनीमा लगानी गर्न प्रस्ताव गरेको रकमलाई मूल्यांकन गर्दा निजको वित्तीय अवस्थाले कम्पनी सञ्चालनका लागि आवश्यक परेमा निजले गरेको लगानीको अनुपातमा थप पुँजी लगाउन सक्ने क्षमता हुनुपर्नेछ।
प्रस्तावित संस्थाको संस्थापक नेपाल धितोपत्र बजारको बजार निर्माता वा धितोपत्र दलाल रहेको हुन हुने छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS