IME Life New

बीमा कम्पनीका सहायक कम्पनीलाई पनि धितोपत्र व्यापारीका रुपमा काम गर्न दिन सुझाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पुँजी बजार सुधार प्रतिवेदनमा बीमा कम्पनीका सहायक कम्पनीलाई पनि धितोपत्र व्यापारीका रुपमा काम गर्न सुझाव दिइएको छ।

पुँजी बजार सुधारका लागि राय-सुझाव दिन अन्तरिम सरकारले नेपाल धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा ४ सदस्यीय कार्यदल गठन गरेको थियो। केसी नेतृत्वको कार्यदलले ५ कार्यदिनभित्र तयार गरी अर्थ मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा यस्तो सुझाव दिएको हो।

Esewa
Crest

कार्यदलले बीमा कम्पनीका सहायक कम्पनीलाई धितोपत्र व्यापारीका रुपमा काम गर्न दिने गरी धितोपत्र व्यापारी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावलीमा संशोधन गर्न सुझाव पेस गरेको छ। यो गरिएमा धितोपत्रको दोस्रो बजारमा संस्थागत लगानीकर्ताको संख्या अभिवृद्धि हुने कार्यदलको राय छ।

नियमावली संशोधनको जिम्मेवार निकायका रुपमा कार्यदलले अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्ड रहेको प्रतिवेदनमा उल्लेख छ। बीमा कम्पनीका सहायक कम्पनीहरुलाई धितोपत्र व्यापारीका रुपमा काम गर्न दिँदा सम्भावित जोखिम केही नरहेको कार्यदलको निष्कर्ष छ।

नियमावली संशोधनका लागि कार्यदलले एक वर्षभित्रको समयसीमा निर्धारण गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS