IME Life New

बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा बढुवा भएका सुवेदीले सम्हाले कार्यभार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा बढुवा भएका सुशीलदेव सुवेदी आजदेखि कार्यभार सम्हालेका छन्।

बीमा प्राधिकरणको सञ्चालक समितिको आज बसेको बैठकले पदपूर्ति समितिको सिफारिसमा निर्देशक सुवेदीलाई कार्यकारी निर्देशक पदमा बढुवा गर्ने निर्णय गरेको हो। उनले आजदेखि नै कार्यभार सम्हालेका हुन्।

Esewa
Crest

पदपूर्ति समितिले कार्य सम्पादन मूल्यांकनका आधारमा सुवेदीलाई कार्यकारी निर्देशक पदमा बढुवा गर्न गरेको सिफारिस गरेको थियो। समितिको बढुवासम्बन्धी सिफारिस सञ्चालक समिति बैठकले आज अनुमोदन गरेको हो।

गत माघ २३ गते समितिले सुवेदीलाई कार्यकारी निर्देशकमा बढुवा गर्न सिफारिस गरेको थियो । सुवेदीले आजको मितिले ५ वर्षसम्म कार्यकारी निर्देशकका रुपमा प्राधिकरणमा काम गर्नेछन्।

पदपूर्ति सिफारिस समितिले प्रकाशन गरेको सूचनाअनुसार तीनजना उम्मेदवारमध्ये सुवेदीले सर्वाधिक ७७.१९४ अंक प्राप्त गरेका थिए।

सुवेदी प्राधिकरण सञ्चालक समितिको सचिव एवं प्रवक्ताको समेत जिम्मेवारीमा छन्। उनी बीमा प्राधिकरणले सञ्चालन गर्दै आएको इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल(आईआईएन)का प्रमुख कार्यकारी अधिकृतसमेत छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS