IME Life New

जलवायु जोखिमसँग लड्न दह्रो सार्वजनिक-निजी साझेदारी आवश्यकः जुरिच इन्स्योरेन्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जुरिच इन्स्योरेन्स ग्रुपले जलवायु परिवर्तनबाट निम्तिने जोखिम व्यवस्थापनमा दह्रो सार्वजनिक–निजी साझेदारीका लागि आह्वान गरेको छ।

क्लाइमेट रिस्कः स्ट्राटेजिज फर बिल्डिङ रिसाइलेन्स इन अ मोर भोलाटाइल वर्ल्ड’ नामक प्रतिवेदनमा जुरिच इन्स्योरेन्सले जलवायु परिवर्तनले बढाएको आर्थिक नोक्सानी व्यवस्थापन गर्न सुधारका पक्षहरु पत्ता लगाउनेतर्फ अगाडि बढ्नुपर्ने उल्लेख छ। इन्टरनेसनल च्याम्बर अफ कमर्सको तथ्यांकलाई उद्धृत गर्दै जुरिचले जलवायु परिवर्तनबाट निम्तिने आँधीहुरी, बाढी र डढेलोजस्ता प्राकृतिक विपत्तिले पछिल्लो एक दशकमा विश्वभर करिब दुई ट्रिलियन डलरको आर्थिक नोक्सानी भएको जनाएको छ।

Esewa
Crest

सरकारहरु र बीमकहरुलाई मुख्य तीन कुराका सहकार्य गर्न जुरिचले आग्रह गरेको छ। ‘जोखिम नियन्त्रण तथा कम गर्न लगानी, सहयोगी पोलिसी फेमवर्कबाट बीमाको दायरा बढाउन र जलवायु परिवर्तनबाट निम्तिने जोखिमलाई सहजीकरण गर्न सार्वजनिक–निजी संयन्त्र निर्माण गर्नुपर्छ’, जुरिचले भनेको छ।

भवन संहिताको अद्यावधिक गर्नुपर्ने, मौसमको तथ्यांकको उच्चतम प्रयोग र बीमाको दायरा बढाउन जुरिचले पौवरी गर्दै आएको छ। क्षति बढ्दै गए पनि बीमाको दायरा बढ्न नसकेको जुरिचको प्रतिवेदनमा उल्लेख छ। ‘अझै पनि थुप्रै घरपरिवार र व्यापार बीमामा आबद्ध छैनन्’, प्रतिवेदनमा भनिएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS