IME Life New

शेयर बजारमा भारी अंकको वृद्धि, कारोबार रकम पनि २१ अर्ब २२ करोड नाघ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर भारी अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ६४ दशमलव ६७ अंकले बढेर २,८७७ को विन्दुमा कायम भएको छ । आज २४० कम्पनीको शेयर मूल्य बढेको छ भने २२ कम्पनीको घटेको छ ।

आज दिनभरिमा ३४२ कम्पनीको ५ करोड ६९ लाख २० हजार कित्ता शेयर किनबेच हुँदा २१ अर्ब २२ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६७ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको ६६ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको ६२ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक र रिलायन्स स्पीनिङ मिल्सका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सोलु हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै नेपाल लाइफ समृद्धि योजनाका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ५ दशमलव १२ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS