IME Life New

चुनावको चहलपहलसँगै शेयर बजारमा उछाल, कारोबार रकम पनि साढे १३ अर्ब माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार भारी अंकले बढेर बन्द भएको छ । चुनावको चहलपहल भएसँगै नेप्सेले सकारात्मक गति लिएको हो ।  आज नेप्से परिसूचक ५७ दशमलव ५५ अंकले बढेर २,७७२ को विन्दुमा कायम भएको छ । आज २४० कम्पनीको शेयर मूल्य बढेको छ भने १९ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३३१ कम्पनीको ३ करोड ९ लाख १५ हजार १८३ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब ७८ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आँखुखोला जलविद्युत कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४३ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्रिन भेञ्चरको ३९ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३२ करोड माथिको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै १२ कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज सकारात्मक सर्किट लागेका १२ कम्पनीमध्ये ८ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने चार कम्पनीका लगानीकर्ताले ९ दशमलव ६५ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै एभरेष्ट बैंकका डिबेञ्चर इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ५ दशमलव ८० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS