IME Life New

शेयर बजार ३० अंकले बढ्यो, कारोबार रकम ३ अर्ब ८२ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ३० दशमलव ०८ अंकले बढेर २,७५४ को विन्दुमा कायम भएको छ । आज २४८ कम्पनीको शेयर मूल्य बढेको छ भने २१ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३४६ कम्पनीको १ करोड ६ लाख ६१ हजार ४७६ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८२ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १८ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको १७ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको ११ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको ११ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै अपर लोहरे खोलाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् । माउन्टेन हाइड्रोका लगानीकर्ताले ११ दशमलव ८८ प्रतिशतका दरले कमाएका छन् । बुङगल हाइड्रोका लगानीकर्ताले ७ दशमलव ५१ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले १३ दशमलव २६ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS